बाजुरामा प्याज अनुदानमा ढुवानी भएपछि कृषक दङ्ग
2021/08/08, 2:17
 
aa

बाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नम्बर–१ बाहुनीका कृषकको प्याज घरबाटै ढुवानी भएको छ । बजारबाट टाढा रहेको बाहुनी गाउँमा यो बर्ष धेरै प्याज फलेपनी भौगोलिक बिकटताका कारण  ढुवानी हुन नसक्दा कृषकहरू चिन्तित थिए ।

कृषकले उत्पादन गरेको प्याज बजारसम्म पुर्‍याउन नपाइ घरमै कुहिन थालेपछि कृषि ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक गाउँपालिका कृषि  विकास शाखाको ढुवानी अनुदान सहयोगमा  खच्चड मार्फत ब्याज ढुवानी गरिएको हो । पहिलो चरणमा १२ क्विन्टल ब्याज जिल्ला सदरमुकाम मार्तडीमा पुर्‍याइएको हो । ढुवानी गरिएको सबै प्याज बजारमा प्रति केजी रु ५० का दरले बिक्री वितरण भइरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोभिन्द्र सिजापतिले बताए ।  

बर्षातले गर्दा बाटो अवरुद्ध भएका कारण  बाजुरा जिल्लाबाट प्याज बाहिर पठाउन सकिएको छैन । अबको ३ दिन भित्रै  फेरि  प्याज मार्तडीसम्म आउने र बाटो खुल्ने बित्तिकै बाहिरी जिल्लामा पनि पठाइने ज्ञान केन्द्र प्रमुख सिजापतिले जानकारी दिए ।  किसानलाई प्रति केजी ३५ का दरले ढुवानी अनुदान दिइएको ब्याज कृषकले बजारमा प्रति केजी ५०का दरले बिक्री गरेका छन् । ढुवानी अभावमा मेहनतले फलाएको प्याज घरमै कुहिन थालेपछि चिन्तित बनेका किसान अनुदान सहयोगमा बजारसम्म पुर्‍याउन पाएपछि धेरै खुसी भएका छन् ।

बाहुनी गाउँका स्थानीय विष्णु बि।क। अनुदानमा ब्याज ढुवानी भएपछि मेहनतको फल पाएको बताउए ।  बजारको माग बढेर गए गाउँ–गाउँ बाट अनुदानमा प्याज बजारसम्म ढुवानी गरिने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।