एलपिएलको छैठौं संस्करण माघ अन्तिम सातादेखि
2021/08/29, 7:18
 
dd

कैलालीको धनगढीमा लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) को छैठौं संस्करण माघ अन्तिम सातादेखि हुने भएको छ । लिटिल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट र लिटिल फ्लावर बोर्डिङ स्कुलको आयोजनामा धनगढीमा विगत ५ बर्षदेखि आयोजना हुदैं आएको प्रतियोगिताको छैठौं संस्करण माघ अन्तिम सातादेखि हुने भएको हो । आयोजकले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै छैठौं संस्करणबारे जानकारी दिएको छ । 

नेपाली क्रिकेटको भविष्य बलियो बनाउनका लागि आयोजना गर्न लागिएको विद्यालय स्तरको राष्ट्रिय क्रिकेट लिगमा देशभरका १० वटा विद्यालयले सहभागिता जनाउने भएका छन । अघिल्लो संस्करणमा १६ वटा टीमहरु सहभागी हुदै आएकोमा अबको संस्करणमा १० टीम मात्रै सहभागी गराईने लिटिल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए । ‘अघिल्लो संस्करणसम्म १६ वटा टीमलाई चार समुहमा विभाजन गरेर प्रतियोगिता खेलाईरहेका थियौं । अबको संस्करणमा १० टीमलाई दुई समुहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन गर्छौ ।’ पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले भने–‘सहभागी टीम र खेलाडीहरुले बढीभन्दा बढी खेल खेल्न पाउन र आफ्नो प्रतिभा देखाउन पाउन भनेर यसपाली खेल तालिकालाई परिवर्तन गरेर सञ्चालनको तयारी गरेका हौं ।’ 

2

धनगढी स्थित संघीय प्रहरी एकाई कार्यालयको खेल मैदानमा हुने प्रतियोगिताको विजेता र उपविजेतालाई दिईने पुरस्कार राशी भने सार्वजनिक गरिएको छैन । पुरस्कार राशी पनि चाँडै घोषणा  गरिने अध्यक्ष शाहीले बताए । कोरोना कहरका विच अघिल्लो बर्ष आयोजना गरिएको पाचौं संस्करणको विजेताले एक लाख र उप–विजेताले ५० हजार नगद पाएका थिए । छैटौं संस्करणको उत्कृष्ट खेलाडीले नगद २० हजार रुपैयाँ प्राप्त गर्दा उत्कृष्ट बलर, ब्याट्सम्यान र उदीयमान खेलाडी नगद १०–१० हजार रुपैयाँबाट पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी विद्यालयले विद्यालयका खेलाडी बाहेक अन्य चार जना खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीको १९ बर्ष मुनिका खेलाडीहरुलाई राख्न पाउने प्रावधान राखिएको छ । पाचौं संस्करणको उपाधि काठमाण्डौंको हिमालयन ह्वाईट हाउसले जितेको थियो । 

तयारी सुरु, म्यान अफ द म्याच प्रायोजकमा गुरुजी सटिङ एण्ड सुटिङ
प्रतियोगिता माघको अन्तिम सातादेखि आयोजना गर्ने घोषणा भएसँगै तयारी पनि सुरु भएको छ । प्रतियोगितामा सहभागी हुने १० वटा विद्यालय पक्का भईसकेको आयोजक लिटिल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष शाहीले बताए । प्रतियोगिताका लागि प्रायोजकहरुको पनि खोजी सुरु भएको छ ।

यसैबीच धनगढीको गुरुजी सटिङ एण्ड सुटिङले प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याच प्रायोजन गरेको छ । प्रतियोगिताका हरेक खेललाई गुरुजी सटिङ एण्ड सुटिङले नगद पुरस्कार प्राप्त गर्नेछ । सम्झौता अनुसार गुरुजीले नगद एक लाख तथा ५० हजार बराबरका सामाग्रीहरु प्रदान गर्नेछ । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा आयोजकका तर्फबाट शाही तथा गुरुजी सटिङ एण्ड सुटिङको तर्फबाट प्रबन्ध निर्देशक सतिश जोशीले हस्ताक्षर गरे ।