कैलालीको गोदावरी नगरपालिकामा रहेको एक मात्र महिला फुटबल टिम पहिलो पटक राष्ट्रिय लिगमा सहभागी हुने भएको छ । अखिल नेपाल फुटबल संघको आयोजनामा कात्तिक ४ गतेदेखी हुन गैरहेको उप मेयर कप राष्ट्रिय महिला लिग फुलबल प्रतियोगितामा गोदावरी नगरपालिकामा रहेको एक मात्र महिला फुटबल टिम पनि सहभागी हुने भएको हो ।
उक्त महिला लिग फुलबल प्रतियोगितमा जानका लागि गोदावरी नगरपालिकाले सहयोग गर्ने अत्तरिया फुटबल एकेडेमीका अध्यक्ष एवम् महिला टिमका कोच संजय ओझाले जानकारी दिए । उनले देशभरका बिभिन्न स्थानिय तहवाट सहभागी हुने महिला टिममा आफ्नो टिम पनि जान लागेको र यसलाई गोदावरी नगरपालिकाले नगरप्रमुख हरि सिं साउँद र उप प्रमुख रत्ना कडायतले सकारात्म रुपमा लिदै सहयोग गरेको भन्दै उनले धन्यवाद समेत दिएका छन् ।
उनले पहिलो पटक राष्ट्रिय लिगमा सहभागी हुदाँ थुप्रै चुनौतिहरु रहेको भएपनि तयारीलाई तिब्रता दिएको बताए । उनले उक्त प्रतियोगिताको उपाधि हात पार्नका लागि आफुहरुले निकै कडा प्रतिस्पर्धा गरेर गोदावरी नगरपालिकाको नाम देशभर चिनाउने बताए । अत्तरिया फुटबल एकेडेमीले लामो समयदेखी महिलाहरुलाई प्रशिक्षण दिदै स्थानिय स्तरमा हुने बिभिन्न फुटबल प्रतियोगिताहरुमा सहभागी समेत गराइसकेकको छ । उक्त महिला टिमले कतिपय ठाउँहरुवाट उपाधि समेत हात पारिसकेको छ ।