
धनगढीमा प्रथम खुल्ला पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता २०७८ हुने भएको छ ।धनगढीमा बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक देउथान यूवा क्लव तारानगरले विजया दशमी तथा दिपावलीको अवसरमा खुल्ला पेनाल्टी सुटआउट फुटबल प्रतियोगिताको आयोजना गरेको जनाएको हो ।

प्रतियोगिता असोज २१ गते धनगढीको खुल्ला मञ्चमा हुने प्रतियोगिता संयोजक विशाल चौधरीले बताए । प्रतियोगितामा प्रथम पुरस्कार एक लाख पाँच हजार पाँच सय पचपन्न रुपैयाँ ट्रफि मेडल र दोस्रो पुरस्कार पचपन्न हजार पाँच सय पचपन्च रुपैयाँ र ट्रफी मेडल रहेको उनले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट गोल रक्षकलाइृ पच्चीस सय पचपन्न रुपैयाँ र ट्रफी रहेको उनले बताए । प्रतियोगितामा ६० टिमको सहभागिता रहने उनले जानकारी दिए ।खेलमा ५ जना खेलाडी र एकजना गोल रक्षक गरि ६ जना हुनुपर्ने आयोजकले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09