धनगढीमा २०७५ साल चैत्रमा सम्पन्न मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता च्याम्पियन टोली सुदूरपश्चिम प्रदेशका खेलाडीले ढाई बर्षपछि पुरस्कार रकम पाएका छन् । सुदूरपश्चिम खेलकुद परिषदले पुरस्कार रकम प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरुलाई दिएको हो ।
ढाई बर्षसम्म सुदुरपश्चिम खेलकुद विकास समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त खातामा रहेको रकम बल्ल आएर खेलाडीलाई वितरण गरिएको हो । विभिन्न खेलमा पदक जितेका खेलाडीहरुलाई सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नगद रकम सहित खेलाडीहरुलाई सम्मान गरेका छन् । लामो समयपछि पुरस्कार रकम पाउँदा निराश रहेका खेलाडीहरु हर्षित भएका छन् । खेलाडीले जितेको पुरस्कार नपाउँदा निराशा पैदा भएको अवस्थामा खेलकुद विकास समिति र मन्त्रालयसँग लडेर रकम माग्दै खेलाडीहरुलानई वितरण गरिएको सुदुरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार व्यक्तीगत तर्फ पहिलो हुनेलाई ३५ हजार दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद दिईएको छ । त्यस्तै समुह तर्फ प्रथम हुने टीमलाई जनही २८ हजारका दरले रकम दिईएको छ । त्यस्तै तीन खेलका प्रशिक्षकले प्रति व्यक्ती नगद ११ हजार दिईएको छ । प्रतियोगितामा आयोजक सुदुरपश्चिम प्रदेश ३ स्वर्ण, १ रजत र ३ कास्य सहित च्याम्पियन बनेको थियो । च्याम्पियन टोलीले १५ लाख नगदमा सरकारी कर कट्टा गरी ११ लाख २५ हजार रकमलाई वितरण गरिएको छ ।
ब्याटमिन्टनमा दुई स्वर्ण जित्ने देवराज राना र जेवी साउँदले जनही ३५÷३५ हजार पाउँदा रजत जित्ने निलिमा महारा र रोशन साउँदले जनही २५÷२५ हजार पाए । त्यस्तै कास्य पदक जित्ने रोशन साउँद प्रियशु सिंह क्षेत्री, अमृत चौधरी, योगेश खड्का र एलिना तिरुवाले जनही १५÷१५ हजार पाए । प्रशिक्षक मेघराज कठायतले नगद ११ हजार प्राप्त गरे ।
सुदुरपश्चिमको पुरुष फुटबल र महिला क्रिकेट टोलीले पनि स्वर्ण जितेको थियो । टोलीका सदस्यहरुले जनही २८÷२८ हजार पाएका छन् । क्रिकेट प्रशिक्षक जानेन्द्र क्षेत्रीले नगद ११ हजार पाउँदा १४ जना खेलाडीले २८ हजारका दरले रकम पुरस्कार पाएका छन् । पुरस्कार पाउनेमा कविता कुँवर, कविता जोशी, विन्दु रावल, ईश्वरी बिष्ट, जानकी भट्ट, सुमन विष्ट, डल्ली भट्ट, रेवती धामी, निशा भट्ट, मन्जु बोगटी, लक्ष्मी साउँद, रुवी पोदार, सम्झना खड्का र शोभा रोकाया रहेका छन् ।
पुरुष फुटबलमा प्रशिक्षक रोहित भण्डारीले ११ हजार पाउँदा टोलीका १८ जना सदस्यहरुले २८ हजारका दरले रकम पुरस्कार पाएका छन् । पुरस्कार पाउनेमा गजेन्द्र शाही, माधव भण्डारी, राकेश हमाल, नरेन्द्र चौधरी, कमल देउवा, सन्दिप कुँवर, भगेन्द्र चौधरी, अमानत सेख, जीवन चौधरी, चेतमान कठायत, हिक्मत खत्री, उनेश रेग्मी, टिका थापा, सुनिल धामी, सुनिल शाह, सुरेन्द्र राना, वीर धामी र प्रविन दाहाल रहेका छन् ।