धनगढीमा आज 'फारवेस्ट मिक्स टेप नाइट २०२१' को आयोजन हुँदै
2021/10/11, 9:55
 
aa

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अभि मिडिया इभेन्ट्स एण्ड स्पोटर्स प्रा.लि. को आयोजनामा धनगढीमा फारवेस्ट मिक्स टेप नाइट २०२१ को आयोजन हुने भएको छ । धनगढीको उत्तरबेहडीमा अवस्थित आफ्नो घर टेम्पल रिसोर्टमा आज असोज २५ गते सोमबार साँझ ६ बजे  कार्यक्रमको आयोजना हुने भएको हो ।

टुबर्ग नेपालद्धारा प्रस्तुत फारवेस्ट मिक्स टेप नाइट २०२१ मा कमेडियन हिक्मत महरा,  कमेडियन दीपेन्द्र ओली र कमेडियन दर्पण शर्माको प्रस्तुति रहने आयोजक प्रतिनिधि दिनेश भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार अभि मिडिया इभेन्ट्स एण्ड स्पोटर्स प्रा.लि. ले आयोजना गरेको  कार्यक्रममा रिदम व्याण्ड धनगढीको संगित रहने छ भने डिजे कलपीतले डिजे सञ्चालन गर्ने छन् ।

साथै कार्यक्रम आयोजक प्रतिनिधि भण्डारीले कोरोना कहरको लामो समय पश्चात् हाँस्न र रमाउन चाहने दर्शक श्रोताहरूको लागी सो कार्यक्रमको आयोजना गरिएको बताउँदै पायक पर्ने सम्पूर्ण मानुभावहरुलाई उपस्थित भई  दिन हुन अनुरोध गरेका छन् ।