
नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने गरी मैदानमा उत्रिएको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा चुकेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफको ४९ र ५०औं मिनेटमा भारतले दुई गोल गर्यो । कप्तान सुनिल क्षेत्रीले पहिलो गोल गरेका थिए । दोस्रो गोल सुरेश वाङ्जामले गरेका थिए ।
भारतका लागि तेस्रो गोल इन्जुरी समयमा सहाल समादले गरेका थिए । खेल ३-० ले भारतको पक्षमा गयो । भारत आठौं पटक साफ च्याम्पियन बन्न सक्यो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09