
नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयता एक स्थान खस्किएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो ।
नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

नेपाल नयाँ वरीयतामा १ सय ६९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो । हालै नेपाल साफ च्याम्पियनसिपको उपविजेता बनेको थियो । तर, नेपालको वरीयता घटेको छ । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ ।
नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ६ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इटाली र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09