पुर्व मन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा शनिबारदेखि धनगढीमा हुने दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको तयारी पुरा भएको छ । निसर्ग अस्पतालको मुख्य प्रायोजनमा हुने फुटसल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । टेकवहादुर चोखाल फाउण्डेसनको आयोजना र अभि मिडिया ईभेन्ट्स एण्ड स्पोर्टसको व्यवस्थापनमा हुने प्रतियोगितामा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका विभिन्न वडाका गरी १८ वटा टीमहरुको सहभागीता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा धनगढीको वडा नम्बर ३ ए र गोदावरीको वडा नम्बर १० प्रतिस्पर्धा गर्ने भएका छन् । सहभागी टीमहरुलाई दुई समुहमा विभाजन गर्दै प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिएको छ । नकआउटका आधारमा हुने प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काग्रेंस सुदुरपश्चिम संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले उद्घाटन गर्नेछन् । प्रतियोगिता तीन दिनसम्म धनगढीको फल्याटल्याण्ड फुटसलमा आयोजना हुने टेकवहादुर चोखाल फाउण्डेसनका अध्यक्ष विनय चोखालले जानकारी दिए । उनले युवाहरुलाई फुटसलतिर आकर्षण वढाउनका लागि विभिन्न खेलकुद हुँदा हुँदै पनि टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ५० हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद नगद २५ हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन् । पहिलो संस्करणको विजेताले नगद ३० हजार सहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गरेका थिए ।
को हुन टेकवहादुर चोखाल ?
टेकवहादुर चोख्याल नेपाली राजनितिज्ञ र नेपाली काग्रेंसका प्रभावशाली नेताको रुपमा परिचित छन् । नेपाली काग्रेंसबाट २०५६ सालमा चोख्याल साविकको कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । त्यसको ३ बर्षपछि शेरवहादुर देउवा प्रधानमन्त्री हुनुभएका वेला चोख्याल कानुन मन्त्री समेत बनेका थिए । २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा साविकको कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट नेपाली काग्रेंसको तर्फबाट संविधान सभा सदस्यको उम्मेदवार पनि रहेका थिए । नेपाली काग्रेंसका नेता तथा पुर्व मन्त्री टेकवहादुर चोख्यालको २०६६ कार्तिक २७ गते काठमाण्डौंमा निधन भएको थियो । चोख्यालका एक श्रीमति दुई छोरा र एक छोरी छन् ।