चुनाब घोषणा पत्र अनुसार ‘एक वडामा एक खेलकुद मैदान’ पुरा हुदैछ: मेयर वड
2021/10/31, 9:32
 
news

कैलालीको धनगढी उपमहानगरपालिका १९ आई गाउँमा सुर्मादेवी युवा क्लबको आयोजनामा बृहत फुटबल प्रतियोगीता शनिबार देखी सुरु भएको छ । सुर्मादेवी युवा क्लबले आयोजना गरेको बृहत फुटबल प्रतियोगिता धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडले स्वास्थका लागि खेलकुद राष्ट्रका खेलकुद, सँगसँगै समाजका लागी पनि खेलकुद अपरिहार्य रहेको बताए । ‘चुनाब घोषणा पत्रमै हामीले एक वडामा एक खेलकुद मैदान निर्माण गर्ने भनेर लागेका थियौ’ मेयर वडले उद्घाटनमा बोल्दै भने–‘हामीले अधिकंश वडामा खेलमैदान बनाएका छौ ।’ कोरोनाको महामारीले गर्दा दुई बर्ष परिस्थिति असहज हुदा खेलमैदानका गतिबिधी शुन्य भएपनि अहिले बिस्तारै बढिरहेके बताउदै मेयर वडले खेलकुद क्षेत्रमा उपमहानगरपालिकाले सम्पूर्ण खेल हरुलाई प्राथमिकतामा राखेको बताए ।

हरेक खेल लाई महिला वा पुरुषलाई समान स्तरमा राखेको बताउदै नगरप्रमुख वडले खेल तथा खेलाडीहरुको कारणले पनि विश्वमा धेरै देश हरु चिनिएको बताए । कार्यक्रममा मेयर वडले सुर्मादेवी युवा क्लवको खेलमैदान घेरवारका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कार्यक्रमकी विशिष्ठ अतिथि शुसिला मिश्र भट्टले खेलाडिहरुलाई आई गाउमा फुटबल खेल्दैगर्दा अन्तरास्ट्रिय जगत लाई सम्झेर खेल्नु पर्ने बताईन् । सुर्मादेवी युवा क्लवका खेलाडीहरुले छुट्टै पहिचान बोकेको बताउदै खेलाडीहरुले धनगढीको नाम राखेको दाबी गरिन् । कार्यक्रममा मन्तव्य राख्दै वडा नम्बर–८ का वडा अध्यक्ष नारायण बरालले २०४० साल बाट फुलवारी फुटबलमा उदाएको र धनगढी बस्न सक्ने अवस्था नहुदा खेलाडीहरु फुलवारीमै अस्ताएको बताए ।

आयोजक सुर्मादेवी युवा क्लबका अध्यक्ष राजेन्द्र स्नेहीको सभापतित्वमा संचालन भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख नृप वड थिए भने विशिष्ट अतिथिमा उपप्रमुख शुसिला मिश्र भट्ट थिइन । आयोजक क्लबले मेयर वड समक्ष खेलमैदान शुरक्षाको लागि तारजाली, प्रशासनिक कामको लागि भवन र खेलमैदानमा कार्यक्रम संचालनको लागि पक्की स्टेज को माग गरेका छन् । कात्तिक १३ गतेदेखि संचालन भएको कार्यक्रमको कात्तिक २४ गते समापन हुनेछ । प्रतियोगितमा २४ वटा टिम को सहभागिता रहेको कार्यक्रम संयोजक हरेन्द्र ऐडीले बताए । आजोजक क्लब सुर्मादेवी युवा क्लबका सचिव रमेश ऐडीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक हरेन्द्र ऐडिले राखेका थिए ।