
वाई वाई यु–१९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशीक छनोट क्रिकेट प्रतियोगितामा कैलालीले लगातार दोस्रो खेलमा जित निकालेको छ ।

टस जित्दै पहिलो ब्याटिङ्ग रोजेको दार्चुलाले निर्धारित ४० ओभरको खेलमा २१.२ ओभरमा सबै विकेट गुमाएर ४३ रन मात्र जोड्न सफल भएको भयो । बलिङतर्फ कैलालीका लागी प्लयेर अफ दि म्याच शेर मल्लले ८ ओभर बलिङ गर्दै ६ विकेट लिए भने नागराज सिंह र बसन्त कार्कीले समान २÷२ विकेट लिए ।
४४ रनको झिनो लक्ष्य लाई कैलालीका पहिलो जोडिले ५ ओभरमानै जित निकाल्न सफल भए । कैलालीका लागि ओपनर टेक रावतले सर्वाधिक १८ रन र सन्दीप बिष्टले १० को योगदान गरे । सोमबार कैलालीले आफ्नो लिग अन्तर्गतको अन्तिम खेल बैतडी सङ खेल्नेछ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/08/13, 5:38
2023/12/18, 12:45
2020/07/12, 8:59
2020/11/26, 12:03
2021/06/30, 9:31