
निसर्ग अस्पताल धनगढीले धनगढी उपमहानगरपालिका १२ जुगेडाकी फुटवल खेलाडी सपना थापाको निशुल्क उपचार गरिदिएको छ ।

थापा जुगेडामै रहेको मनकामना फुटबल क्लवकी खेलाडी हुन । फुटबल खेल्ने क्रममा लडेर थापाको दाहीने हात भाचिएको कैलाली जिल्ला फुटबल संघका कोषाअक्ष्य समेत रहेका मनकामना फुटबल क्लवका अध्यक्ष डबल थापाले बताए ।
खेलाडि थापाको दाहीने हातको नाडी माथीको हड्डी (Shaft of Radius Fracture) भाचिएको हो । थापाको हातमा प्लेट र स्क्र (open Reduction and Plating) राखीएको उपचारमा संलग्न हस्पिटलका हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर श्रीराम खातीले बताए

। हस्पिटलले बिपन्न परिवारलाइ छुट र आर्थिक अभाव भएकालाइ उपचारमा सहयोग गर्दै आएको हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09