प्रधानमन्त्री कप महिला क्रिकेटः सुदुरपश्चिमकी विन्दु रावलको अर्धशतक
2021/12/23, 11:38
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो अर्धशतक बनेको छ । विहीवार भएको लिग चरण अन्तर्गतको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशकी विन्दु रावलले अविजित अर्धशतक बनाएकी हुन् ।

प्रदेश २ विरुद्धको खेलमा उनले ५० रनको अर्धशतकीय पारी खेलेकी हुन् । ४५ वलको सामना गरेकी उनले चार चौका प्रहार गरिन् । ४४ वलमा ४६ रनको अवस्थामा रहँदा विन्दुले पहिलो ईनिङको अन्तिम वलमा चौका प्रहार गर्दै अर्धशतक पुरा गरेकी हुन् ।
यो प्रतियोगिताको चौथो अर्धशतक हो । यसअघि प्रदेश १ का लागि अप्सरी वेगमले दुई वटा अर्धशतक बनाएकीछिन् । प्रदेश १ कै कप्तान रुविना क्षेत्रीले पनि एक अर्धशतक बनाएकी छिन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07