प्रधानमन्त्री कप टी–२० पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार मूलपानी मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेश २ रनको पराजित भएको छ। नेपाल पुलिस क्लबसंग सुदूरपश्चिम २ रनले पराजित भएको हो।
९४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका गजेन्द्र बोहराले सर्वाधिक २७, नारायण जोशीले २२ तथा खडक बोहराले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पुलिसलाई जित दिलाउन आरिफ शेखले ४ र करण केसीले १ विकेट लिए। सुदूरपश्चिमलाई जितका लागि अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा करणले जम्मा ३ रन मात्र खर्चेका थिए। यस्तै दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले पनि १र१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाएर ९३ रन बनाएको थियो। पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक २१ रन बनाउँदा अर्का ओपनर पवन सर्राफले २० रन जोडे। यस्तै आरिफ शेखले १० रन बनाए। गुल्शन झा ५ रनमा अविजित रहे।
सुदूरपश्चिमका नारायण जोशी र आदित्य महाताले ३र३ तथा शेर मल्लले २ विकेट लिए।