
पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक भएको खेलतालिका अनुसार उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र दिल्ली फुटबल क्लब खेल्ने भएका छन् ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीको आयोजनामा प्रतियोगिता आउँदो फागुन १९ देखि २८ गतेसम्म हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीका अनुसार प्रतियोगितामा मनाङ र दिल्ली सहित हिमालयन शेर्पा क्लब, नव जन जागृति युवा क्लब सिमरा, आयोजक सुदूरपश्चिम–११ धनगढी, क्यामरुनको अवेनिरी फुटबल क्लब, फ्रेन्ड्स क्लब काठमाण्डौ, वाग्मती युथ क्लब, न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/08/13, 5:38
2023/12/18, 12:45
2020/07/12, 8:59
2020/11/26, 12:03
2021/06/30, 9:31