
कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’बाट घरेलु टोली सुदूरपश्चिम प्रदेश बाहिरिएको छ । क्वाटरफाइनलमा विभागिय टोली एपीएफसंग पराजित हुँदै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको हो ।

बिहीबार विहान भएको क्वाटरफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै एपीएफ भने सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि बुधबार भएका क्वाटरफाइनलका खेलमा जित निकाल्दै नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब अन्तिम चारमा पुगिसकेका छन्।
१२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/03/02, 10:27
2021/07/20, 10:32
2022/04/06, 6:10
2021/02/07, 10:43