
धनगढी रंगशालाको प्रशिक्षण स्थल नमास्न क्रिकेट खेलाडीहरुले आग्रह गरेका छन्।

रंगशालामामा रहेको क्रिकेट प्रशिक्षण स्थलको केही भागलाई समेटेर जिल्ला खेलकुद समिति कैलालीले कराँते हल बनाउन भन्दै उक्त स्थान खाली गराउन सूचना जारी गरेको थियो।
खेलाडीहरुले भने आफ्नो प्रशिक्षण स्थलमा अन्य संरचना नबनाउन आग्रह गरेका छन्। खेलाडीहरुका लागि संरचना बनाउन राम्रो भए पनि आफ्नो प्रशिक्षण हुने स्थलमा बनाउन उपयुक्त नभएको यु–१९ टिमका उपकप्तान सेर मल्लले बताएका छन्।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ललित खत्रीले भने समितिको योजना अनुरुप नै निर्माण कार्य अगाडी बढेको बताएका छन्।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31