कैलालीमा खेल सम्बन्धी संस्थाहरुको संस्थागत सुशासनका लागि दुुई दिने तालिम सम्पन्न
2022/06/28, 11:27
 
ss

खेलसम्बन्धी संस्थाहरुको संस्थागत सुशासनका लागि दुुई दिने तालिम कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न भएको छ। सुदूरपश्चिम खेलकुद परिषदको आयोजना तथा नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको व्यवस्थापनमा दुई दिने तालिम सम्पन्न भएको हो। 

तालिममा खेलकुद पत्रकार तथा खेलकुदसँग सम्बन्धित संस्थाहरुका गरी ५० जनाभन्दा बढीको सहभागीता रहेको थियो। दुई दिने तालिममा खेल सम्बन्धि संस्थाहरुको सुशासन तथा पारदर्शीताको विषयमा प्रशिक्षण तथा छलफल भएको थियो। साथै खेल पत्रकारिताको माध्यमबाट संस्थाहरुको सुशासन कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो। 

तालिममा बरिष्ठ खेलकुद पत्रकार हिमेश ब्रजाचार्य लगायत अन्जन खड्का, गोविन्दराज नेपाल, विराटजंग रायमाझी लगायतले प्रशिक्षण दिएका थिए। छलफलमा बरिष्ठ पत्रकार मनमोहन स्वाँर, नेपाल पत्रकार महासंघका सुप प्रदेश अध्यक्ष योगेश रावल, सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य दुर्गा अधिकारी लगायतले सहजीकरण गरेका थिए।