
बैतडीमा कोल्डस्टोर सञ्चालनमा आएको छ। जिल्लाको पाटन नगरपालिका-८ खोड्पेमा ४५ लाखको लागतमा १० टन क्षमताको कोल्डस्टोर सञ्चालनमा आएको हो।

कृषि ज्ञान केन्द्र बैतडीको १५ लाख अनुदान र बाँकी लगानी दोगडाकेदार भूमिराज कोल्डस्टोरको रहेको बताइएको छ। खोड्पे क्षेत्र आलु उत्पादनका लागि प्रसिद्ध क्षेत्र भएकोले कोल्डस्टोर सञ्चालनमा आएपछि किसानहरुलाई सहज हुने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख गोपालदत्त भट्टले बताए।
पाटन नगरपालिकाका वडा नम्बर ८, ९ र १० तरकारी उत्पादनका लागि पकेट क्षेत्र हुन्। ती क्षेत्रमा आलु, काउली, बन्दा, टमाटर लगायतका तरकारी बढी मात्रामा उत्पादन हुने गर्दछ। विशेष गरेर आलुका लागि पकेट क्षेत्र मानिएको सो क्षेत्रका किसानहरुले सहुलियत मूल्यमा भण्डारण गर्न सक्ने बताइएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 3:40
2020/12/17, 7:54
2021/06/18, 9:50
2022/02/13, 4:19
2023/02/28, 6:03