
धनगढी- विकेटकिपर ब्याट्सम्यान अर्जुन साउदले नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि अन्तर्राष्ट्रिय डेब्यू गरेका छन् । ५ टी–२० तथा ३ एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि आइतबारको खेलबाट अर्जुनले डेब्यू गरेका हुन् ।

उनले यस अघि उमेर समूहबाट एसिया कप खेलेका छन् । राष्ट्रिय टिमका लागि भने आइतबारको खेल नै उनको पहिलो अन्तर्राष्ट्रिय खेल हो । अर्जुनले प्रधानमन्त्री कप तथा अन्य घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि राष्ट्रिय टिममा पर्न सफल भएका हुन् ।
नेपालले आइतबार आफ्नो तेस्रो टी–२० खेलिरहेको छ । तेस्रो खेलमा केन्याले टस जितेर ब्याटिङ रोजेको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11