नवौं खेलकुदमा सुदूरपश्चिमले खोल्यो पदकको खाता, क्रिकेटमा जित्यो कास्य
2022/09/16, 8:25
 
ss

सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा टस जितेर नै कास्य पदक जितेको छ । कास्य पदकका लागि शुक्रबार टियुमा बिहान ९ः१५ मा सुदूरपश्चिम र एनरआएनए स्पोर्ट्स एकेडेमबीच खेल हुनुपर्ने थियो ।

पहिला टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमीविरुद्ध सुदूरले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर टस लगत्तै वर्षा भएको थियो । खेल हुन नसकेपछि दोस्रो पटक कास्य पदकको लागि भएको टसमा राजु रिजालले जित्दै पदक पक्का गरेका हुन् ।

‘पहिलो टस खेलको लागि भएको थियो । खेल सुरु हुन सकेन । मेडल त एउटाले नै जित्छ । मेडल त निर्धारण गर्नुपर्छ । खेल हुने अवस्था नै नभएपछि मेडल निर्धारण गरेका हौं । यसमा संयुक्त विजेता हुँदैन । अहिले गएर फाइनल भएन भने त्यो पनि टसबाटनै निर्धारण हुन्छ’, म्याच रेफ्री सञ्जय गुरुङले भने ।

त्यसैमा थपे, ‘यो आइसिसीको नियम होईन । मेडल म्याच सुरुनै हुन सकेन । मेडल विनर निर्धारण टसबाट गर्ने भन्ने हामीले टिमसँग पहिलानै छलफल गरेका थियौं । यो लोकल कन्डिसन हो’, उनले भने ।  पहिलो सेमिफाइनलमा वर्षाको कारण त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम बीचको खेल हुन सकेको थिएन । आर्मी समूह ए को विजेता हुँदा फाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनल खेलमा पुलिसले एनआरएनएलाई १३ रनले हराएको थियो ।

वर्षाले प्रभावित खेलमा ८ ओभरमा पुलिसले पहिला ब्याटिङ गर्दै ८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । एनरआएनएले उक्त लक्ष्य पछ्याउने क्रममा ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।