धनगढीमा सुदूरपश्चिम राजधानी कपको चौथो संस्करण हुने
2022/09/17, 7:36
 
ss

धनगढी- धनगढीमा सुदूरपश्चिम प्रदेश राजधानी कपको चौथो संस्करण हुने भएको छ   । 'हाम्रो गौरव सुदूरपश्चिम राजधानी कप' भन्ने मूल नारासहित पि.एफ.ए स्पोटर्स क्लबको गोदावरीको आयोजनामा यही असोज ८ देखी १५ गते सम्म धनगढी रङ्गशालामा  चौथो संस्करणको सुदूरपश्चिम राजधानी कपको आयोजना गर्ने भएको हो।

प्रतियोगिताको मुख्य प्रवर्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । भने सह-प्रायोजकमा नेपाल टेलिकम र राष्ट्रिय खेलकुद परिषद् नेपाल रहको छ आयोजक पि.एफ.ए स्पोटर्स क्लबले शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार राशि पाँच लाख र द्धितिय पुरस्कार तीन लाख तोकिएको छ । यस्तै, सर्वोत्कृष्ट खेलाडी २० हजार र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक उत्कृष्ट, मध्य मैदान खेलाडी, उत्कृष्ट अग्र मैदान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई दशरदश हजार तोकिएको छ । भने म्यान अफ द म्याचलाई ३६ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा सातै प्रदेशका सात तथा एक घरेलु टोली गरी आठ ओटा टिमको सहभागिता रहने छ । भने खेल नकआउट फरम्याटमा खेल खेलाइने छ ।