बझाङमा स्याउ उत्पादन बढ्यो, बाटो बिग्रदा किसानका बारीमै कुहिए
2022/09/27, 10:15
 
dd

बझाङ-  बझाङको थलाराका गाउँपालिका ४ गडिगाउका किसानले फलाएको स्याउ बारीमै कुहिन थालेको छ। बिगतको वर्षको तुलनामा जिल्लामा स्याउको उत्पादन बढेसङै त्यस क्षेत्रका किसानलाई स्थानीय बजारसम्म पुर्याउने बाटो बिग्रेकाले बारीमै थन्केको कृषक गणेश बोहराले
बताए ।

लामो समय भारत बस्दै आएका बोहराले आफ्नै जन्मथलोमा रगतपसिना बगाएर कृषि क्षेत्रमा ब्याबसायिक रुपमा लागेपनी स्थानीय बजारमा कहिले भाउ नपाइने र कहिले बाटो बिग्रेकाले आफ्नो लगानी खेर गएको उनले बताए ।  स्थानीय बजार झनाना सम्म बोकेर लिन ६ घन्टाको कष्टकर बाटो भएर आएपनि ओर्गानिक स्याउको प्रतीकेजि १०० रुपैया मात्र भएकाले भरियाको भाडासमेत नपुग्दा आफू निकै चिन्तामा परेका छन् ।

थलारा गाउँपालिकाको बिउबुन बस्ती र तोला बस्तीका कृषकको प्रायः जसो घरखर्च चलाउने गतिलो माध्यम स्थानीय उत्पादन स्याउ ,ओखर ,आलु ,नास्पाती तथा तरकारी नै हो तर बाटो सुधार नहुदा बजारसम्म पुर्याउन कठिन भएकाले ठुलो क्षती भोग्नुपरेको स्थानीय सम्राट बोहोराले बताए ।

आफ्नो बारीमा रहेका हरेक बोटमा स्याउ लटरम्म फलेका छन्,उहाले भन्नुभयो ‘अब कसरी बजारसम्म पुर्याउने केही सोच्न नसकेर डोकोभरी टिपेर घरमै थन्क्याएर राखेका छन् ।  यता कृषि ज्ञान केन्द्र प्रमुखका अनुसार स्यस बर्ष हिउदे फलफूलमा स्याउ, ओखर, आरु, नास्पातिमा ५ देखि १०५ उत्पादनमा बृद्धि भएको तर उत्पादन राम्रो भए पनि बाटो बन्द र ट्रयाक नखुलेका कारण बारिमै कुहिने तथा बस्तुलाई खुवाउन पर्न बाध्यता रहेको जनाए ।

बझाङका मुख्य बजार झोता, चैन्पुर , देउरा लगाएतका ठाँउमा भारतबाट आयात हुने स्याउ प्रतिकेजी २५० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ भने जिल्लामै उत्पादन भएका ओर्गानिक स्याउ बजार सम्म पुर्याउन न त सडक सुविधा न त भाउ नै पाइने भएकाले किसान मर्कामा पर्दै आएका छन् ।