‘स्ववियु कप भलिबल प्रतियोगिता’को उपाधि नेविसंघ डडेल्धुरालाई
2022/09/27, 10:24
 
dd

डडेल्धुरा - नेपाल विद्यार्थी संघ नेविसंघ डडेल्धुराले चौथो संस्करणको ‘स्ववियु कप भलिबल प्रतियोगिता’ को उपाधि जितेको छ। सोमबार भएको फाइनलमा कैलालीको किशोर निर्माण सेवालाई ३–१ को सेटले हराउँदै नेविसंघ डडेल्धुराले उपाधि उचालेको हो।

नेविसंघले पहिलो सेट जित्यो। त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै किशोर निर्माण सेवाले दोस्रो सेट आफ्नो पक्षमा पार्‍यो। त्यसपछिका तेस्रो र चौथौ सेटमा जित निकाल्दै नेविसंघले उपाधि रक्षा गर्न सफल भयो।

उपाधिसँगै नेविसंघले एक लाख ५१ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता बनेको किशोर निर्माण सेवाले ७५ हजार पाएको छ। नेविसंघ बैतडीको पञ्चेश्वर गाउँपालिकाको टिमलाई हराउँदै फाइनलमा पुगेको थियो।

यस्तै पञ्चेश्वर गाउँपालिकाको टिम तेस्रो भएको छ। नेविसंघ बीपीलाई ३–० को सोझो सेटले हराउँदै गर्दै पञ्चेश्वर तेस्रो भएको हो। उसले नगद ४० हजारसहित ट्रफी र मेडल हात पारेको छ। स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुरा बहुमुखी क्याम्पसको आयोजनामा प्रतियोगिता ६ गतेदेखि सुरु भएको थियो।