कैलालीमा गड्यौला मल उत्पादनमा कृषकहरुको आकर्षण बढ्दै
2023/04/02, 6:20
 
ss

कैलालीमा गड्यौला उत्पादनमा कृर्षकको आकर्षण बढ्दै गइरहेको पाइएको छ। पछिल्लो समयमा जिल्लामा  गड्यौला मल उत्पादनमा कृषकहरुको आकर्षण बढ्न थालेको छ। कम लगानीमै उत्पादन राम्रो गर्न सकिने भएपछि कृषकहरु गड्यौला मल उत्पादनमा लागेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–५ जाँइका रामकिसुन चौधरीले गड्यौला मल उत्पादन गर्दै आएका छन्। उनले दुई वर्ष अगाडिबाट गड्यौला मल उत्पादन गर्न थालेका हुन्।

दुई वर्ष अगाडि कृषि विकास निर्देशनायलयको ८५ प्रतिशत अनुदानमा १ लाख ८६ हजारमा भर्मी पिट निर्माण गरी गड्यौला चौधरी मल उत्पादन गर्न थालेका हुन। रामकिसुनले अहिले गड्यौला मल र गड्यौला बिक्रिबाट राम्रै आम्दानी गर्न थालेको बताए। गड्यौला मलको प्रयोगले उत्पादन बढाउने भएकाले किसानले गड्यौला मल प्रयोग गर्न थालेको उनले बताए।

रासायनिक मलले उत्पादन पनि घटाउने, महंगोहुनुका साथै मल अभाव पनि हुने भएकाले किसानले गड्यौला मलको प्रयोग बढाएको उनले बताए। किसानहरुले गड्यौला मलको प्रयोग बढाएसँगै रामकिसुनलाई अहिले मलको माग धान्नै मुस्किल परेको छ। ‘सुरुको वर्ष गड्यौला पनि कम थियो मल उत्पादन पनि कम थियो, गत वर्ष १० क्विन्टल मल र १५० किलो गड्यौला बेचेको थिएँ’, रामकिसुनले भने, ‘यो वर्ष मल उत्पादन र गड्यौला पनि बढी छ, यसपटक १५ क्विन्टल मल र ५ क्विन्टल गड्यौला बेच्ने तयारीमा छु।’

उनी भन्छन्, ‘किसानले चाहे यो मल राम्रो छ, उत्पादन गर्न पनि सजिलो छ, लगानी कम छ,गाई भैँसी पाल्ने किसानलाई गड्यौला मल उत्पादन गर्न झन सजिलो छ। उनले थपे, ‘प्लास्टिकले बेरेर सामान्य टनेल बनाएर पनि मल उत्पादन गर्न सकिन्छ।’ अहिले केही अरु किसानहरुले पनि मल उत्पादन गर्न लागेको उनले बताए।