
ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी २० प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले विन्दु रावलको कप्तानीमा टोली घोषणा गरेको हो ।

प्रतियोगिताको चौथो संस्करणमा नेपाल एपिएफ क्लब, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र ललितपुर मेयर ११ गरी पाँच टोलीको सहभागिता रहनेछ । सुदूरपश्चिमले आइतबार कोशी प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
सुदूरपश्चिको टोली

विन्दु रावल कप्तान, मनिषा बोहरा, ऋतु कनोजिया, सम्झना खड्का, कविता जोशी उप कप्तान, सावित्री धामी, स्नेहा महरा, लक्ष्मी साउद, रुवी पोदार विकेटकिपर, राधिका पुजारा, रेवती धामी, करिश्मा थापा, शोभा रोकाय, जानकी थापा
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02