सुदूरपश्चिम प्रदेशमा झण्डै पाँच हजार संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार नौ वटै जिल्लाका चार हजार नौ सय ७९ जनाले कोरोना जितेका हुन् । सुदूरपश्चिम प्रदेशमा थप ५० जना कोरोना संक्रमण मुक्त भएका छन ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सोमवार अछामबाट १८, डोटीबाट १३, महाकाली अस्पतालबाट १२, टीकापुर अस्पतालबाट ६ र सेती प्रादेशिक अस्पतालबाट एक जनालाई डिस्चार्ज गरिएको जानकारी दिए । अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३८ जना निको भएर घर फर्किएका छन् ।
यस्तै डोटीका आँठ सय १६, अछामका पनि आठ सय १३, कञ्चनपुरका ६ सय २८ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएकोे छ । बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २२, डडेल्धुराका दुई सय ९९, बझाङका दुई सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि डिस्चार्ज भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा आईतबारसम्म पाँच हजार नौ सय २९ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये १४ जनाको मृत्यु भईसकेको छ ।