भाग्न सकेनन् दोषीहरूः सुदूरपश्चिममा २२० जना फरार प्रतिवादी पक्राउ
2020/09/10, 9:35
 
aparadi

चैत्र ११ गते लकडाउन भएदेखि भदौ ४ गतेसम्ममा सुदूरपश्चिम प्रदेशमा २२० जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश कुमार सिंहले जिल्ला अदालतबाट फरार रहेका ८ महिला र ६२ पुरुष गरी ७० जना र अनुसन्धानका क्रममा फरार रहेका २ महिला र ४८ पुरुष गरी ५० जना लकडाउको अवधिमा पक्राउ परेको बताए ।

पक्राउ पर्नेमा सबैभन्दा बढी कैलाली जिल्लाका रहेको एसएसपी सिंहले बताए । उनले कैलालीमा पक्राउ पर्नेमा ३ महिला र ५६ जना पुरुष रहेको बताए । त्यस्तै कंचनपुरमा ३ महिला, ३५ पुरुष, डोटीमा २ पुरुष, अछाममा १ महिला, ४ पुरुष र बझाङमा १ महिला र २ पुरुष पक्राउ परेको एसएसपी सिंहले बताए ।

बाजुरामा १ महिला, २ पुरुष, डडेल्धुरामा १ महिला, २ पुरुष, बैतडीमा ३ पुरुष र दार्चुलामा ४ जना पुरुष पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी सिंहले बताए ।