सुदूरपश्चिममा ७६ हजार बढीको स्वाब संकलन गरिएको छ । त्यसमा एक हजा ८ सय ७५ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा ७६ हजार ६ सय ७१ जनाको स्वाबको नमूना संकलन गरिएको छ भने ७४ हजार ७ सय ९६ स्वाबको नमूना जाँच गरिएको छ । मन्त्रालयका अनुसार एक हजार ८ सय ७५ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
यसैबीच सुदूरपश्चिम प्रदेशमा थप सात जनाले कोरोना जितेका छन् । नियमित प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले थप सात जनाले कोरोना जितेको जानकारी दिए । उनका अनुसार कैलालीबाट पाँच, कञ्चनपुरबाट एक र दार्चुलाबाट एक जना जनालाई बिहिवार डिस्चार्ज गरिएको हो ।
योसंगै प्रदेशमा पाँच हजार सात सय १४ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ७६ जना निको भएर घर फर्किएका छन् । यस्तै डोटीका नौँ सय २८, अछामका नौँ सय १२, कञ्चनपुरका ६ सय ९२ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।
बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ७६, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन् । स्वास्थ्य निर्देशनायका अनुसार प्रदेशमा संक्रिय संक्रमितको संख्या ८ सय दुई रहेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार सात सय १५ पुगेको छ ।