सुदूरपश्चिममा थप ५८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७०८८ पुग्यो
2020/09/25, 9:50
 
corona

सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका पाँच वटा प्रयोगशालामा ८ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा ५८ जनामा संक्रमढा पुष्टि भएको हो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ ।
धनगढी उपमहानगरपालिकाका तीन जना, गोदावरी र टीकापुरका एकरएक जना गरी थप ७ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा तीन सय २७ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिए । 

श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ६ र १० का एक÷एक जना, गोदावरी नगरपालिका वडा नम्बर ११, टीकापुर नगरपालिका वडा नम्बर १ का पनि एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का एक जना र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ का एक जनामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 
बझाङमा गरिएको परीक्षणमा थप १९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १९ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका प्रयोगशाला इन्चार्ज नरेश खड्काले केदास्यु गाउँपालिकाका ९ जना, थलारा गाउँपालिकाका ८ जना, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको बताए । 

प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६२ जनाको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ४८ जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको आदर्श गाउँपालिकाका दुई जना, अछामको बान्नीगढीका २० र चौरपाटीका ४ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९१ जनाको कोरोना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा १८ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोेर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ८८ पुगेको छ । संक्रमण पुष्टि भएका १६ जनाको मृत्यु भएको छ भने पाँच हजार नौँ सय जनाले कोरोना जितेका छन् ।