सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार भन्दा बढि पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशभर हाल सम्म छ हजार नौ सय ८२ जनामा कोरोना पुष्टि भएको छ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा संक्रमितको संख्या सात हजार दुई सय नाघेको जनाएको छ। प्रदेशभर झण्डै ११ सय संक्रिय अथात एक्टिभ केस रहेका छन्। सामाजिक विकास मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा एक हजार ८५ जना संक्रिय संक्रमित छन्।
सबैभन्दा बढि कैलालीमा पाँच सय ३१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै अछाममा एक सय ३०, डोटीमा एक सय ३८, बझाङमा एक सय १३, बैतडीमा ८० जना संक्रिय संक्रमित रहेका छन्।
यस्तै दार्चुलामा ३५, कञ्चनपुरमा ४७ र डडेल्धुरामा ११ जना संक्रिय संक्रमित रहेका छन्। बाजुरा जिल्लामा भने संक्रिय संक्रमितको संख्या सून्य छ। यस्तै प्रदेशका पाँच हजार ८ सय ८३ जनाले कोरोना जितेका छन्।
सबैभन्दा बढि कैलालीका एक हजार सात सय ४७, डोटीका नौँ सय ४७, अछामका नौँ सय २४, कञ्चनपुरका सात सय २९, बाजुराका चार सय ५१, बझाङका तीन सय ८९, बैतडीका तीन सय २९, डडेल्धुराका तीन सय २१ र दार्चुलाका ४६ जनामा संक्रमण पुष्टि भएको छ।
सुदूरपश्चिम शनिबार एकैदिन तीन जनाको मृत्यु भएसँगै कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ।