सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दैः थप ९७ जनामा कोरोना पुष्टि
2020/10/02, 6:16

कैलालीका ९१ जना सहित थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९७ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका ३६ जना, गोदावरी नगरपालिका ३२ जना, गौरीगंगा नगरपालिकाका १३ जना, जानकी गाउँपालिकाका ५ जना, घोडाघोडी नगरपालिकाका चार जना र बर्दगोरिया गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जना, बेलौरी, पुनरवास र झलारीका एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। उनका अनुसार दार्चुलाको ब्यासका थप एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 10:11
2020/11/01, 1:29
2021/05/30, 9:35
2022/01/11, 3:20
2023/01/28, 12:50