सुदूरपश्चिममा ६७०२ जनाले कोरोना जिते, १०९९ संक्रिय संक्रमित
2020/10/09, 8:40
 
corona

सुदूरपश्चिम प्रदेशमा ६ हजार ७ सय बढि कोरोना मुक्त भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशका ६ हजार ७ सय दुई जना संक्रमित निको भएका हुन्। थप १४ जना संक्रमित संक्रमण मुक्त भएको निर्देशनालयले जनाएको छ।

प्रदेशमा अहिले एक हजार ९९ जना संक्रिय संक्रमित रहेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका दुई हजार दुई सय ३० जनाले कोरोना जितेका छन् भने पाँच सय ८७ जना संक्रिय संक्रमित रहेका छन्।

अछामका एक हजार ३१ कोरोना मुक्त भएका छन् भने ६२ जना संक्रिय केस, डोटीका नौँ सय ८३ कोरोना मुक्त भएका छन् भने एक सय २९ संक्रिय केस, कञ्चनपुरका सात सय ७७ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ९२ संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बाजुरामा संक्रमण पुष्टि भएका चार सय ५१ जनाले नै कोरोना जितेका छन्। बझाङका चार सय ४१ जनाले कोरोना जितेका छन् भने एक सय नौँ संक्रिय संक्रमित, बैतडीका तीन सय ९३ जनाले कोरोना जितेका छन् भने ३२ जना संक्रिय संक्रमित, डडेल्धुराका तीन सय २५ जनाले कोरोना जितेका छन् भने १३ जना संक्रिय संक्रमित, दार्चुलाका ७१ जना संक्रमित डिस्चार्ज भएका छन् भने ७३ संक्रिय सक्रमित रहेका छन्।

चार महिनाको अवधिमा सुदूरपश्चिमका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलालीका नौँ, अछामका ५, बझाङका तीन, बाजुराका दुई, कञ्चनपुर, बैतडी र डडेल्धुराका एकरएक जना संक्रमितको मृत्यु भएको हो। त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्।