सुदूरपश्चिममा कोरोनाका संक्रिय संक्रमितको संख्या ११ सय नाघेको छ। प्रदेशका ९ वटै जिल्लामा एक हजार एक सय ६३ संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार कैलालीमा आधा भन्दा बढि संक्रिय संक्रमित रहेका छन्। कैलालीमा ६ सय १६ सक्रिय संक्रमित छन्। कञ्चनपुरका एक सय २६, डोटीमा एक सय २५, बझाङमा एक सय १४, दार्चुलामा ७६, अछाममा ५३, बैतडीमा ३४ र डडेल्धुरामा १६ जना संक्रिय संक्रमित रहेका छन्।
सुदूरपश्चिमका आठ हजार दुई सय ६७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएकोमा ६ हजार आठ सय ८४ जना संक्रमण मुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/07/20, 11:50
2020/12/09, 8:28
2021/07/23, 10:12
2022/04/17, 10:53
2023/05/12, 12:01