सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ३ सय २ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ७ सय २५, डोटीमा ७५, कञ्चनपुरमा १ सय २३, बझाङमा १ सय २५, अछाममा ६९, बैतडीमा ५३, डडेल्धुरामा ३९, दार्चुलामा ८४ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।
सुदूरपश्चिमबाट हाल सम्म ६ हजार ९ सय ७५ जना डिस्चार्ज भएका छन । बुधबार डोटीबाट ६७, कन्चनपुरबाट ३ र बैतडी १ जना गरी ७१ ज्ना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार ७ सय ९८ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हालसम्म संक्रमीतको संख्या ८ हजार २ सय ९६ पुगेको छ भने १९ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/07/20, 11:50
2020/12/09, 8:28
2021/07/23, 10:12
2022/04/17, 10:53
2023/05/12, 12:01