सुदूरपश्चिमबाट एकैदिन २ सय १४ जना डिस्चार्ज, १२३० जना सक्रिय संक्रमित
2020/10/15, 8:17

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ३० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५ सय ७८, डोटीमा १ सय २, कञ्चनपुरमा १ सय २७, बझाङमा १ सय २८, अछाममा ७५, बैतडीमा ५०, डडेल्धुरामा ३९, दार्चुलामा १ सय २२ जना र बाजुरा ६ जनामा कोरोनाका सक्रिय संक्रमित रहेका छन ।

सुदूरपश्चिमबाट हालसम्म ७ हजार १ सय ८९ जना डिस्चार्ज भएका छन । बुधबार कैलालीबाट २ सय ३ जना, कन्चनपुरबाट ८ र बैतडी ३ जना गरी २ सय १४ जना डिस्चार्ज भएका छन ।
सुदूरपश्चिममा ३ हजार ५६ जनाको स्वावको रिर्पोट आउन बाँकी रहेको सामाजीक विकास मन्त्रालयले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03