सुदूरपश्चिम प्रदेशमा आज थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका पाँच वटा प्रयोगशाला मार्फत एक हजार ११ जनाको परीक्षण गरिएकोमा थप ७७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।
कार्कीका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६ सय ३७ जनाको परीक्षण गरिएकोमा कैलालीका ४३ सहित ४७ जनामा कोरोना पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीका ४३ र कञ्चनपुरका ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उपमहानगरपालिकाको वडा नम्बर १ का ५ जना, वडा नम्बर २, ३ र ५ का तीन÷तीन जना, वडा नम्बर ४ र ८ का दुई÷दुई जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।
यस्तै वडा नम्बर नखुलेका १६ जना, त्यसैगरी वडा नम्बर ७ र १३ का एक÷एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए। यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, लम्किचुहा नगरपालिका–३ का एक जना र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण पुष्टि भएको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका ३ जना र पुर्नवास नगरपालिका– ३ का एक जनामा पनि संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ। उता, जिल्ला अस्पताल बझाङको प्रयोगशालमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले पछिल्लो २४ घण्टामा बझाङ अस्पताल प्रयोगशालामा एक सय १ जनाको परीक्षण गर्दा थप १७ जनामा संक्रमण पुष्टि भएको बताए। यस्तै डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा एक सय ६२ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको उनले बताए। संक्रमण पुष्टि हुनेमा जिल्ला प्रहरी कार्यालयका दुई जना, अमरगढी नगरपालिकाका तीन जना र दार्चुलाको महाकाली नगरपालिकाका तीन जना रहेका छन्।
अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको छ। २४ घण्टामा एक सय ७ जनाको परीक्षण गर्दा पाँच जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या आठ हजार सात सय १८ पुगेको छ। संक्रमित मध्ये ७ हजार बढिले कोरोना जितेका छन् भने २४ जनाको मृत्यु भएको छ।