‘जो दक्षिण एसियाका कुनै खेलाडीसँग हारेनन्’
सुदूरपश्चिमका दिपक विष्टको कथा
2020/11/21, 11:08
deepak bist

तिम्रो आफ्नै घर र गल्लीमा के शान देखाउँछौ ? आफ्नोमा त सबै हिरो हुन्छन् । के तिमी हाम्रोमा आएर खेल्न सक्छौ ?’ यस्ता चुनौतीका भाषा हामीले सिनेमातिर धेरैपल्ट सुनेका र हेरेका छौं । यसको उत्तर पनि कम्तीको हुन्न । भनिन्छ, ‘मलाई पर्खिराख, म तिम्रै घर र गल्लीमा आउँदै छु ।’ यस्ता दृश्य सिनेमामा मात्र हुन्न, खेलकुदमा पनि हुन्छ ।

2

अझ भिड्नुपर्ने खेलमा । सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले ३१ स्वर्ण जितेको थियो । त्यसमा तेक्वान्दोबाट मात्र १४ स्वर्ण आएको थियो । पुरुष र महिला गरेर जम्मा १६ स्वर्ण भएकोमा नेपालले एक्लै १४ स्वर्ण जितेको थियो । भारत, श्रीलंका र बंगलादेशका खेलाडी त हेरेको हे¥यै भए । केही गर्नै सकेनन् । तिनैले झेल्ली गरेको आरोप पनि लगाए, नेपालमाथि । र, मन्दमन्द स्वरमै सही भने पनि, ‘तिम्रो आफ्नै घर र गल्लीमा के शान देखाउँछौ ? आफ्नोमा त सबै हिरो हुन्छन । के तिमी हाम्रोमा आएर खेल्न सक्छौ ?’

2

२१ वर्षभन्दा बढी भइसकेको छ, यो घटनाको । नेपालले जति पनि स्वर्ण जितेको थियो, त्यसमध्ये दीपक विष्टले फिदरवेटमा जितेको स्वर्णमा पटक्कै खोट लगाउने ठाउँ थिएन । तिनले दायाँ हेरेनन्, बायाँ हेरेनन्, सीधै स्वर्णमाथि कब्जा जमाए । फाइनलमा उनका प्रतिद्वन्द्वी थिए, भारतका एके दिलीप सिंह । अनि स्कोर थियो, ९–३ । त्यस अगाडि दीपकले सेमिफाइनलमा भुटानका सोनाम गोबगेलाई पनि सजिलै ९–१ ले हराए । सोनामले चुइँक्क पनि बोल्न सकेनन् । आठौं दक्षिण एसियाली खेलकुद अगाडीसम्म दीपक नेपाली खेलकुदका लागि केही थिएनन् । ती दिन दीपक काठमाडौंमा डेराको जीवनमा संघर्ष गर्दै थिए । स्टोपमा मट्टीतेल भर्न पनि उनलाई पैसाको कमी हुन्थ्यो । विश्वास नहुन सक्छ, दीपकले त्यति बेला साह्रै दुःख पाए ।

2

त्यो स्वर्णपछि भने उनका दिन फेरिए । उनले स्वर्ण जितेको २० बर्षपछि अघिल्लो बर्ष काठमाडौंमै १३ औं दक्षिण एसियाली खेलकुद पनि भयो । दीपकबारे सन् १९९९ यता धेरै लेखिए, सन् २०२० आइपुग्दा पनि उनीबारे लेखिने क्रम रोकिएको छैन । रोकिने पनि छैन । किन त ? दीपक हुन्— नेपाली खेलकुदका नम्बर १ खेलाडी । उनी जत्तिको सफल खेलाडी नेपाली खेलकुदले अहिलेसम्म अरु छैनन् ।

2

अबको पुस्ताका जति पनि नेपाली खेलाडी हुनेछन्, ती सबैका लागि दीपक प्रेरणा हुन सक्नेछन् । दीपकबारे धेरै लेखिए तर अहिलेसम्म लेख्न छुटेको तथ्य के छ भने उनले दक्षिण एसियाका कोही पनि खेलाडीसँग हार बेहोर्नुपरेन । प्राविधिक भाषामा भन्दा उनी ‘साउथ एसिया’ मा ‘अन डिफिटेड’ रह े। उनको यो उपलब्धी बराबरी गर्ने अथवा त्यसको छेउछाउ पुग्ने नेपाली खेलाडी पनि अहिलेसम्म देखिएका छैनन् । पूरा दक्षिण एसियामै पनि अरूतिर पनि उनी जत्तिका खेलाडी छैनन् कि ?

1

सन् २००४ मा पाकिस्तानले नवौं दक्षिण एसियाली खेलकुदको आयोजना ग¥यो । यसपल्ट बढीभन्दा बढी स्वर्ण जित्ने पालो थियो, त्यही पाकिस्तानको । दीपकले फेरि एकपल्ट फिदरवेटमै खेले र फाइनलमा उनको प्रतिद्वन्द्वी थिए, पाकिस्तानका मोहम्मद आसिफ । पाकिस्तानी खेलाडी फाइनल पुगेपछि सबैको अनुमान थियो, स्वर्ण उनकै नाममा हुनेछ । काठमाडौंको घटना इस्लामावादमा दोहोरिने डर थियो । तर आसिफले दीपकसँग के सक्नु ? दीपकले त्यो खेल जिते, ८–४ को स्कोरले ।

2

झेल्ली गर्न पनि विपक्षी खेलाडी बराबरीको चाहिन्छ । दीपक धेरै अगाडि निस्के, आसिफको तुलनामा । यो त पाकिस्तानी खेलाडीमाथि पाकिस्तानकै भूमिमा प्राप्त जित थियो । त्यस अगाडि दीपकले सेमिफाइनलमा भुटानका कुसुङ वान्डीलाई हराएका थिए, ८–४ ले । त्योभन्दा पनि अगाडि दीपकले भारतकै गौरवलाई ८–४ ले पन्छाएका थिए । दोस्रोपल्ट दीपक निर्विवाद विजेता रहे । सन् २००६ को दशौं दक्षिण एसियाली खेलकुदको आयोजना गर्ने पालो थियो, श्रीलंकाको । कोलम्बोमा आयोजित त्यस संस्करणमा दीपकसँग नेपालका अरू दुई खेलाडीसँग स्वर्णको ह्याट्रिक गर्ने अवसर थियो, तेक्वान्दोकै संगीना वैद्य र कराँतेका दीपक श्रेष्ठ ।

2

सुरुमै कराँतेका दीपक पराजित भए । उनकै भाषामा त्यति बेला हदै झेल्ली गरिएको थियो । लगत्तै संगीना पनि पराजित भइन् । अब भन्न सुरु भयो, दीपकले पनि लगातार तेस्रो पल्ट स्वर्ण जित्ने छैन । दीपक र संगीना पराजित भइसकेपछि दीपक विष्ट निकै दबाबमा आए । उनको मनको कुनै कुनामा लागिसकेको थियो, ‘अब म पनि पराजित हुनेछु । अब मलाई पनि हराइनेछ । अब मैले केही गर्न सक्दिनँ ।’ उनले यस्तै भनेका थिए । तर उनी मैदानमा के उत्रे, कथा अर्कै भयो । दीपकले सेमिफाइनलमा पाकिस्तानका जावेद करिमलाई सजिलै ११–४ ले हराए । फाइनलमा उनका प्रतिद्वन्द्वी थिए, भारतका इब्राहिम खान । फाइनलमा चर्कै प्रतिस्पर्धा चल्यो । तर जित भने दीपककै रह्यो, स्कोर थियो, ६–३ । कोलम्बोमा हल्लीखल्ली चल्यो, दीपकले स्वर्णमा ह्याट्रिक ग¥यो भनेर । नेपाली टिमको खुसी पनि हेरिनसक्नु थियो । हुन पनि कम्ती गर्विलो उपलब्धी थिएन त्यो ।

1

स्वर्ण हात पारेपछि दीपकले यस्तो भनेका थिए, ‘मलाई पनि लागेको थियो, मैले स्वर्ण जित्न सक्दिनँ । अझ भनौं, मलाई हराइनेछ । दीपक र संगीना दुवै पराजित भइसकेको स्थितिमा ममाथि ठूलो दबाब थियो । म आत्तिएको थिएँ । तर मेरो अर्को मनले भन्यो, होइन, लगातार तीन स्वर्ण जित्ने अवसर दोहो¥याएर कसैलाई पनि आउने छैन । त्यसैले जति बेला भिड्न ओर्लिएँ, म अर्कै खेलाडी भइसकेको थिएँ ।’

1

दीपकले फेरि एकपल्ट श्रीलंकामा गएर त्यहाँकै मैदानमा सबैलाई हराएर स्वर्ण जिते । काठमाडौं फर्केयता उनको वाहवाही चल्यो । चार वर्ष यस्तै बिते, अनि सन् २०१० मा एघारौं दक्षिण एसियाली खेलकुद गर्ने पालो थियो, बंगलादेशको । त्यति बेलासम्म दीपक जति नाम चलेका खेलाडी बनिसकेका थिए, उनले उत्तिकै संख्यामा शत्रु पनि कमाइसकेका थिए । नेपाली खेल वृत्तमा यस्ता केही पनि थिए, जसको इच्छा दीपकले हारोस् भन्ने थियो । फेरि दीपकको शरीर पनि उस्तै रहेन । दीपकको शरीर त्यति बेलासम्म बूढो भइसकेको थियो । उनको शरीरले धेरै मार खाइसकेको थियो । आफ्नो शरीरको कुन हड्डीमा कति बेला उपचार चाहिएको थियो, त्यसको लेखाजोखा उनीसँगै थिएन । जतिबेला उनी ढाकामा उत्रे, उनको एउटा हात राम्रोसँगै चल्दैन थियो भने एउटा खुट्टाको भर थिएन । त्यहाँ उनी एउटा हात र एउटा खुट्टाको मद्दतले खेल्न गएका थिए तर आत्मविश्वास भने गज्जब थियो ।

1

यसपल्ट उनी ८७ केजी मुनिको तौल समूहमा खेल्दै थिए । दीपक यसपल्ट चोटग्रस्त भएको सबैलाई थाहा थियो । तेक्वान्दोको खेल हुनु अगाडि ढाकामा एउटा पार्टीको आयोजना गरिएको थियो । त्यसमा सहभागी थिए दक्षिण एसियाकै तेक्वान्दो वृत्तका पदाधिकारी र खेलाडी । पार्टीमा एक समय पुगेर बहस सुरु भयो— दीपकले यसपल्ट पनि स्वर्ण जित्नेछ कि छैन भनेर । बंगलादेशीहरूको दाबी थियो, यसपल्ट दीपकले जित्ने छैनन् । उनीहरूको दाबी थियो, यसपल्ट जित्ने पालो आफ्नै खेलाडी मोहम्मद मिजुनको हो । नेपाली पक्ष यो तथ्य मान्न तयार नै थिएन । विवाद चर्कंदै गयो, हात हालाहालको स्थिति आयो । हुँदाहुँदा दुई पक्षबीच बियरको बोतल हानाहानको स्थितिसम्म भयो । बल्लतल्ल स्थिति मिल्यो ।

2

संयोग कस्तो रह्यो भने त्यो तौल समूहको पहिलो भिडन्त नै थियो, दीपक र मिजुनको । मिजुन पनि कम्तीका खेलाडी थिएनन्, उनी थिए, बंगलादेशका दीपक । उनले यसअघिको दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका थिए, फरक तौल समूहमा । मिजुनलाई राम्रोसँग थाहा थियो, दीपकको बायाँ घुँडामा चोट छ, बायाँ हात पनि चल्दैन । त्यसैले उनी त्यही घुँडामा आक्रमण गर्ने प्रयास गरिरहेका थिए । दीपक भने त्यो घुँडा बचाउने प्रयासमा थिए, अनि दायाँ खुट्टाले प्रहार गर्ने प्रयास गरिरहेका थिए ।

1

दीपक कति चलाख खेलाडी थिए भने भिडन्तका बेला उनको शरीर होइन, दिमाग चलिरहेको थियो । उनी दिमागले खेलिरहेका थिए । आखिरमा मिजुनको केही चलेन, उनी अविश्वसनीय रूपमा ९–१ ले पराजित रहे । बंगलादेशी टोलीमा रुवाबासी नै चल्यो । यो दीपकले बंगलादेशी दीपकलाई उनकै घर र गल्लीमा हराएको क्षण थियो । सेमिफाइनलमा दीपकले भारतका नकुल मलहोत्रालाई ६–१ ले पन्छाए । फाइनलमा दीपकको प्रतिद्वन्द्वी थिए, भुटानका टासी । उनी पनि कम्तीका खेलाडी थिएनन् । फाइनल पनि उत्तिकै आक्रामक रह्यो । त्यसमा दीपक विजयी रहे, १७–९ ले । आफ्नो पूरा खेल जीवनमै दीपकले विपक्षी खेलाडीलाई यति धेरै अंक दिएका थिएनन्, न त यति धेरै अंक एकै खेलमा बटुलेका थिए । जतिबेला खेल सकियो, दीपक फेरि एकपल्ट बने, निर्विवाद च्याम्पियन । त्यति बेलाको क्षण त्यो अवसरमा ढाकामा रहेका सबैको अाँखामा अझै हुनुपछ । दीपकले दायाँ हात मुठ्ठी कसेर माथि उठाए र हुँकार भरे, ‘या ऽऽऽ...’। त्यो आवाज लामो समयसम्म गुन्जिरह्यो ।

2

यसरी दीपकले चौथो स्वर्ण जिते । उनले दक्षिण एसियाली खेलकुदमा कुनै पनि भिडन्तमा हार बेहोर्नुपरेन । उनले ओलम्पिक छनोटदेखि एसियाली खेलकुदसम्म, एसियाली च्याम्पियनसिपदेखि वल्र्ड च्याम्पियनसिपमा दक्षिण एसियाली प्रतिद्वन्द्वी विरुद्ध हार सामना गर्नुपरेन । जति बेला उनले दक्षिण एसियाली प्रतिद्वन्द्वीको सामना गरे, जित उनकै रह्यो । भन्नैपर्छ, उनी दक्षिण एसियाली तेक्वान्दोका एक मात्र ‘अन डिफिटेड’ खेलाडी हुन् । नयाँ पुस्ताका खेलाडीदेखि खेल पत्रकारसम्मले सोच्दा हुन्, ‘होइन, यो दीपकमा के छ ?’ उनी पक्कै पनि अब्बल दर्जाका खेलाडी हुन् । उनको बचाउ जति राम्रो छ, उत्तिकै राम्रो आक्रमण पनि छ । खेलमा उनको शरीर मात्र चल्दैन, दिमाग पनि चल्छ । उनी शरीर र दिमागको अविश्वसनीय सम्मिश्रण गर्छन् । उनी छोटो समयमा छरितो निर्णय गर्न पनि माहिर छन् । सबैभन्दा ठूलो उनी चलाख छन्, उनी तेक्वान्दोका खेलाडी मात्र होइन, अभिनेता, नेता, व्यापारी र राजनीतिज्ञ पनि हुन ्। छोटोमा भन्दा उनी जत्तिको सफल खेलाडी अरू कोही छैनन्, किनभने, उनी दीपक हुन् । 

दीपक बिष्टको बाल्यकाल 
अधिकांश नेपालीहरुले नेपाली ते–क्वान्दो खेल ईतिहासमा ऐतिहासिक किर्तिमानी कमाएका पूर्व तेक्वान्दो खेलाडी दिपक विष्टलाई नचिन्ने  कमै मात्र होला । तेक्वान्दो खेल एक शारिरीक तथा मानसिक रुपले सक्रिय भई खेलिने खेल हो । नेपाली तेक्वान्दो खेल ईतिहासमा दिपकले दिएको योगदान राष्ट्रियस्तर तथा दक्षिण एसियामा नै अनमोल रहेको छ । उनको जन्म सन् १९७६ को जुलाई २ मा पिता महाविर विष्ट र माता कलावति विष्टको कोखवाट महाकाली अञ्चलको कञ्चनपुरको साविक रैकवार विचुवा गाविस हालको कृष्णपुर नगरपालिकामा भएको हो । उनको बाल्यकाल गाउँले जीवनमा नै वितेको थियो । विष्ट मिहिनेती र लगनसिल भएता पनि उनलाई सुरुवाती समयमा खेल जीवनमा प्रवेश गर्न निकै कठिन  थियो ।  

2

विष्टले सन् २००८ मा ग्रीष्म ओलम्पिकमा भाग लिए । अगस्ट ८, २००८ मा बेइजिङ ओलम्पिकमा उनी नेपाली ध्वजाबाहक वने । दिपकले चार पटकसम्म दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिती नेपालीको कीर्तिमान कमाए । उनले आफ्नो एसएलसीसम्मको अध्ययन बिणा माविबाट गरे । तेक्वान्दो खेलमा भन्दा पनि भलिबल खेलमा विष्टको अभिरुचि  थियो । भलिवलमा पनि दिपकको  राम्रो प्रदर्शन रहन्थ्यो । उनको बा–आमाको सपना भने  दिपकलाई इन्जिनियर बनाउने थियो । त्यसै अनुरुप दिपकलाई पढाइको सट्टा खेलमा ध्यान दिए सजाय समेत वा आमाले दिन्थे । यसै सिलसिलामा उनका बा आमाले उनलाई महेन्द्रनगरको सिद्धनाथ साइन्स क्याम्पसमा भर्ना गरि दिए । तर उनको रुचि भने भलिबल खेलमा नै रहेको थियो । भलिवल खेलको दौरान आफ्नो सहकर्मीको कारण खेल हारेपछि दिपकले एकल खेल खेल्ने निर्णय गरे । 

उनको तेक्वान्दो प्रवेश....
एकल खेल खेल्ने बिचारपछि उनलाई खेल छान्न निकै कठिन भयो । तर प्रशिक्षक गोबिन्द बिष्ट र साथी केशव भट्टको सल्लाहमा विष्टले तेक्वान्दो खेल नै रोजे । उनका बा–आमाले भने विष्टलाई कहिल्यै खेल्न दिदैनथे । जुनवेला विष्टको तेक्वान्दो खेलको सुरुवाती अवस्था थियो । त्यो समयमा दिपकलाई तेक्वान्दो सिक्न तीन सय आवश्यक परेको थियो । उनले आवश्यकता परिपुर्तिका लागि काका डम्बर बिष्टको स्कूलबाट तीन सय रूपैया चोरेर धनगढी डोजाङमा भर्ना भए । विष्टको खेल जीवनको सुरुवात निकै कष्टकर थियो ।

बा आमाको सहयोग बिना खेल्न थालेका विष्टले नाङ्गो खुट्टा, बिना प्याड र ट्रयाक सुट लगाएर खेल्न सुरु गरे  । तर २ महिनामै दिपकले एल्लो बेल्टको ग्रेडिङ पास गर्न सफल भए । उनले सन् १९९६ मा हेटौडामा सम्पन्न राष्ट्रिय प्रतियोगितामा ब्ल्याक बेल्ट खेलाडीलाई जितेपछि उनको तेक्वान्दो खेलमा नयाँ आयाम थपियो । त्यसपछि  दिपकले राष्ट्रिय प्रतियोगितामा कहिले पनि हार वेहोरेनन् । लगातार खेल सुरुवातको दुई महिनामै सफलता हात पारे पनि  बा आमालाई उनको खेल पटकै मन परेन । तर उनको आमाले भने उनलाई दुध र चना डाईटको रूपमा खान दिन्थिन् । 

बिष्टलाई अन्तराष्ट्रिय प्रतियोगितामा खेल्ने जित्ने र अरु खेलाडीहरु  (आलोक राना, संगीना वैद्य, विधान लामा) जस्तो सफल खेलाडी वन्ने इच्छा जाग्यो । जसका लागि काठमाडौ नगई सम्भव थिएन । खेलमा पाएको सफलता पछि विष्टलाई आफ्नो अविभावकहरुले पनि सफलताको शुभकामना संगै साथ दिन थाले । 

उनको काठमाडौँको यात्रा
बाआमाको बिना सहयोग काठमाडौ जान सम्भव थिएन । तर विष्टलाई कुनै हालतमा काठमाडौ जानु थियो । उनले एक बस चालक र खलासीलाई साथी बनाए र सित्तैमा काठमाडौ छिर्न टिकट पाए । उपत्यका प्रवेश गरे पश्चात विष्टले काठमाडौमा रहेको नेपाल मानविकी क्याम्पसको प्रवेश परीक्षा पास गरे । प्रबेश परीक्षा पास गरेकै कारण दिपकका बा आमाले उनलाई काठमाडौ पुनः पठाए ।  विष्टको काका खड्ग बिष्टको मासिक एक हजार पाँच सय सहयोगमा उनी दशरथ रङ्गशालाको डोजाङमा भर्ना भए र पढाइलाई पनि सँगै अघि बढाए । पछि आफ्नो अध्ययन खेल तालिम साथै स्कुलमा आफ्नो खर्च जुटाउन दिपकले शिक्षण पेशा पनि सुरु गरे ।

उनको दक्षिण एसियाली खेल यात्रा
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा हुने प्रतियोगितामा ऐतिहासिक सफलता र जितलाई लक्ष्य वनाएका दिपक आफ्नो वढ्दो उमेर र चोट पटकका कारण कति औं पटक पिडामा परे तर उनले ति सवै पिडालाई विर्सदै नेपाललाई कयौं पदक दिलाए । तिनै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा उच्च पदक दिलाउदै विष्टले आफुलाई नेपालको सर्वाधिक सफल खेलाडीका रुपमा प्रमाणित गरे । उनले सफल खेल जीवनको दौरानमा सन् १९९६ मा दोस्रो सेती अन्तराष्ट्रिय साग लेवल तथा दोस्रो कोसी अन्तराष्ट्रिय खेल खेले ।

दुवै प्रतियोगितामाम उनले गोल्ड मेडल प्राप्त गरे ।  विष्ट हङकङमा सम्पन्न १३ औ विश्व तेक्वान्दो च्याम्पियनसिप खेलमा सहभागी भए । दिपक थाईल्याण्डमा सन् १९९८ मा सम्पन्न  १३ औं एसियाली खेलमा सहभागी भई क्वाटरफाईनल सम्म पुगे । उनले सन् १९९९ मा काठमाडौमा सम्पन्न ८ औ दक्षिण एसियाली खेलमा नेपाललाई गोल्ड मेडल दिलाए । त्यसै गरी सन् २००० मा सिड्नीमा भएको विश्व ओलम्पिक छनौट खेलका लागि उनी क्रोएसियामा सम्पन्न खेलमा सहभागी भए । उनी सन् २००० मा सिड्नीमा सम्पन्न र सन् १९९९ मा फिलिपिन्समा सम्पन्न  एसियन क्षेत्रीय ओलम्पिक छनौट  खेलमा  तेस्रो भए । सन् २००० मा हङकङमा सम्पन्न १४ औं एसियन तेक्वन्दो च्याम्पियनसिपमा सहभागी भए । दिपक सन् २००२ मा अमेरिकामा सम्पन्न सातौ वल्ड युनिभरसिटी तेक्वन्दो च्याम्पियनसिप खेलको क्वाटरफाईनलमा समेत पुगे । उनले सन् २००२ मा दक्षिण कोरियामा सम्पन्न  १४ औं एसियाली खेलकुद प्रतियोगितामा कास्य पदक  प्राप्त गरे ।

दपिकले सन् २००४ मा  विश्व फ्रान्सको ओलम्पिक छनौट खेलमा भाग लिए । विष्टले थाईल्याण्डमा सन् २००४ मा सम्पन्न  एसियन क्षेत्रीय ओलम्पिक छनौट खेलमा क्वाटरफाईनल सम्म पुगे । सन् २००४ मा पाकिस्तानमा सम्पन्न भएको ९ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा गोल्ड मेडल पाए । साथै सन् २००५ मा अमेरिकामा सम्पन्न गभर्नर कप तेक्वान्दो च्याम्पियनसिपमा गोल्ड मेडल प्राप्त गरे । सन् २००५ मा नै अमेरिकामा सम्पन्न प्लेयरर्स कप तेक्वान्दो च्याम्पियनसिपमा विष्टले गोल्ड मेडल हात पारे । सन् २००६ मा थाईल्याण्डमा सम्पन्न १७ औ एसियन तेक्वान्दो च्याम्पियनसिपमा क्वाटरफाईनलिष्ट भए । त्यसैगरी सन् २००६ मा श्रीलङकामा सम्पन्न १० औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा गोल्ड मेडल प्राप्त गरे । सन् २००६ मा कतारमा सम्पन्न १५  औ एसियन खेलकुद प्रतियोगितामा कास्य पदक  प्राप्त गरे ।  सन् २००७ मा कोरियामा दक्षिण कोरियामा सम्पन्न फस्ट वल्ड टि.के.डी एक्स्पो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरे । सन् २००७ मा दक्षिण कोरियामा सम्पन्न चुनस्यन खुल्ला अन्तराष्ट्रिय टि.के.डी च्याम्पियनसिप प्रतियोगितामा भाग लिए ।

सन् २००७ मा नै दक्षिण कोरियामा सम्पन्न अर्को तेस्रो कोरियन खुल्ला  टि.के.डी च्याम्पियनसिप प्रतियोगितामा कास्य पदक  प्राप्त गरे   । सन् २००७ मा नै भियतनाममा सम्पन्न एसियन क्षेत्रीय तेक्वान्दो टनोट खेलमा छनोट भई कास्य पदक  प्राप्त गरे र सन् २००८ को वेईजिङ  ओलम्पिक खेलका लागि छनोट  भए । सन् २००८ मा लगातार चीनमा सम्पन्न १८ औ एसियाली तेक्वान्दो च्याम्पियनसिप  र २९ औ वेईजिङ खेलमा भाग लिए । त्यसै गरी सन् २०१० मा बंगलादेशमा सम्पन्न ११ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरे । 
विष्टले सन् १९९६ मा हेटौंडामा सम्पन्न चौथो राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक  प्राप्त गरे । सन् १९९६ मा नै काठमाडौमा सम्पन्न हिज म्याजेस्टि किङ गोल्डेन जुविली तेक्वान्दो च्याम्पियनसिप खेलमा तथा वुटवलमा सम्पन्न सरोज स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेलमा स्वर्ण पदक हात पारे । सन् १९९७ मा ईलाममा सम्पन्न पाँचौ राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल । सन् १९९९ मा नेपालगञ्जमा सम्पन्न चौथो राष्ट्रिय खेल  र सन् २००१ मा वुटवलमा सम्पन्न पहिलो मेयर राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिप खेलमा क्रमस स्वर्ण पदक प्राप्त गरे ।

सन् २०१० सालको दक्षिण एसियाली खेलमा स्वर्ण पदक जिते पछि उनको दक्षिण एसियाली खेलमा ४ स्वर्ण पुग्यो ।  यो उनको मात्र नभएर नेपाली कीर्तिमान हो । शुरुका दिनहरू अप्ठ्यारा भएपनि विष्टले दहे आत्मविश्वासका साथ पढाइ र खेललाई संगै अघि बढाए । उनले आफ्नो प्रतिभालाई त तिखारे नै यत्रो खेल जीवनको दौरानमा पनि आफ्नो  पढाइलाई  पनि बिबिएस सम्म पु¥याए । हाल विष्टको  सफलतादेखि उनका बा–आमा पनि खुसी भएका छन् । 

तेक्वान्दोमा एक दशक बिताएका बिष्टले सन् १९९९ मा काठमाडौमा भएको साग खेलमा स्वर्ण जिते । झनै  पाकिस्तानमा  भाँचिएको खुट्टाले नेपाललाई स्वर्ण पदक दिलाए । बुसान एसियाडमा काँस्य पदक तथा दोहा एसियाडमा पनि काँस्य पदक नै हात पारे । यो संगै  दुई एसियाडमा पदक जित्ने दिपक पहिलो नेपाली खेलाडी भए । विष्टले सफल खेल जीवनको दौरान दशरथ चन्द्र मेधावी सम्मान २०६७, युवा प्रतिभा तथा खेलकुद सम्मान २०६७, चौथो राष्ट्रिय खेलका सर्वश्रेष्ठ खेलडी पुरस्कार १९९९ ,त्यसै गरी सुदुरपश्चिममा  वर्षको उत्कृष्ठ खेलाडी अवार्ड १९९९ सुदुरपश्चिमाञ्चलमा सन् २००० मा प्राप्त गरे ।  

राजा विरेन्द्र बाट “तेस्रो सुपरबल गोरखा दक्षिण बाहु पुरस्कार, तेस्रो सुविख्यात त्रिशक्ति पत्ता २००३ राजा ज्ञानेन्द्रवाट, उत्कृष्ठ खेलाडी अवार्ड २००३ , उत्कृष्ठ खेलाडी अवार्ड २००४, देउडा अवार्ड पश्चिमाञ्चल २००४, तेस्रो सुप्रदिप्त विरेन्द्र प्रजातन्त्र भास्कर अवार्ड २००५, राजदूत शान्ति अवार्ड २००५, देउडा अवार्ड पश्चिमाञ्चल २००६, योगेन्द्र स्मृति ब्रेरी अवार्ड २००६, नेपाल खेलकुद पत्रकार संघवाट प्लेयर अफ दि एयर अवार्ड २००६, नेपाल र अन्तराष्ट्रिय खेलाडी एसोसिएशन (एनएनआईपीए) खेलाडीको वर्ष पुरस्कार २००६, शहीद दशरथ चन्द्र मेमोरियल ट्रस्ट अवार्ड २००७, एसियन ओलम्पिक छनोट खेलमा सामसुङ व्लु प्यासन अवार्ड २००७, नेपाल खेलकुद पत्रकार संघवाट प्लेयर हफ दि अवार्ड २००७, नेपाल र अन्तराष्ट्रिय खेलाडी एसोसिएशनबाट (एनएनआईपीए) खेलाडीको वर्ष पुरस्कार २००७,द शरथ चन्द अवार्ड २०६७ नामक दर्जनौ अवार्डहरु प्राप्त गरे ।

दिपक विष्टको नाम नेपाली खेल जगतमा स्वर्ण अक्षरले लेखिन्छ । कीर्तिमानी तेक्वान्दो खेलाडी बिष्टले २०७१ फाल्गुण १७ गते शनिबार सक्रिय खेल जीवनबाट सन्यास लिए । लामो सफलता पूर्ण खेल जीवनवाट दिपकले सन्यास लिएता पनि खेलमा रहदा उनको सहकर्मी तथा सुभचिन्तकहरुले गर्नेे प्रशंसा भने अभैm कायमै छ ।