धनगढीको एसटिएस सिनेमा हल खोल्ने तयारी
2020/12/25, 1:03
 
a

कोरोना सङ्क्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द धनगढीको एसटिएस सिनेमा हल अर्को सातादेखि खोल्ने तयारी भएको छ । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल खुलाउन सरकारले चासो नदिएको भन्दै देशभरीका हल सञ्चालकहरुले आजदेखि खुलाउन लागेकोमा एसटिएस सिनेमा हल आईतवारदेखि खोल्ने तयारी भएको हो ।

एसटिएस सनेमाका सञ्चालक राजकुमार श्रेष्ठले हल खोल्ने तयारी भईरेको जानकारी दिए । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्डअनुसार नै सिनेमा हल खुल्नेछ । हलमा छिर्ने बेला भीडभाड हुन नदिने, स्यानिटाइजरको प्रयोग गराउने, माक्सबिना हलभित्र जान नदिने र दुई दर्शकबीचको सिट खाली राखेर सञ्चालन गर्ने तयारी छ ।

सकेसम्म हलको पूरा टिकटमध्ये ५० प्रतिशत मात्र टिकट अनलाइनबाट बेच्ने, अनलाइन सेवा नभएमा २ मिटरको दूरी कायम गरी टिकट बेच्ने, ज्वरो नाप्ने यन्त्रको प्रयोग गरी हलभित्र प्रवेश गराउने चलचित्र संघले जनाएको छ ।