
कोरोना संक्रमणको जोखिमका कारण गएको चैतदेखि बन्द धनगढीको एसटिएस सिनेमा हल सञ्चालनमा आएको छ । व्यापार व्यवसाय, विद्यालय, कलकारखाना, यातायात खुले पनि सिनेमा हल नखुलेको अवस्थामा आजदेखि एसटिएस सिनेमा हल खुलेको हो

एसटिएस सनेमाका सञ्चालक राजकुमार श्रेष्ठले हल आजदेखि खोलेको जानकारी दिए । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको निर्देशन तथा स्वास्थ्य मापदण्ड अनुसार नै सिनेमा हल खुलेको हो । आज सिनेमा खुलेको पहिलो दिन अंग्रेजी चलचित्र द ईन्भिजन म्यान प्रदर्शन हुनेछ । चलचित्रको पहिलो शो सवा १२ बजे लाग्नेछ ।

हलमा छिर्ने बेला भीडभाड हुन नदिने, स्यानेटाईजरको प्रयोग गराउने, माक्स बिना हलभित्र जान नदिने र दुई दर्शकबीचको सिट खाली राखेर सञ्चालन गरिनेछ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03