सुदूरपश्चिमका २४ जना प्रतिभावान भलिबल खेलाडीलाई छात्रवृत्ति दिईने
2021/01/06, 10:33
 
vollyeball

सुदूरपश्चिमका २४ जना भलिबल खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। भलिबलका प्रतिभावान खेलाडी छनोट कार्यक्रम अनुसार छात्रृवृत्ति दिन लागिएको हो । प्रदेशभरबाट १२ जना पुरुष र १२ जना महिला खेलाडीलाई छात्रवृत्ति दिन छनोट गरिने प्रशिक्षक जगदीश भट्टले जानकारी दिए । उनका अनुसार छनोटमा पर्ने ती खेलाडीलाई महेन्द्रनगर स्थित भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइनेछ ।

‘अगामी दुई वर्षभित्र राष्ट्रिय भलिबल खेलमा योगदान पु¥याउने उद्देश्य राखी यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।’ प्रशिक्षक भट्टले भने–‘१८ वर्षमुनिका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउँदै छौं।’ उनका अनुसार प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई मासिक ३ हजार रुपैयाँ उपलब्ध गराइनेछ । 

पहिलो चरणको छनोटमा पर्ने खेलाडीलाई ६ महिनासम्म छात्रवृत्ति रकम उपलब्ध गराइनेछ । त्यसपछि उत्कृष्ट प्रर्शन गर्नेलाई निरन्तरतासँगै नयाँ खेलाडीलाई समेत कार्यक्रममा समेटिने छ । प्रशिक्षणमा सहभागी हुने खेलाडीलाई निःशुल्क रुपमा विद्यालय शिक्षा समेत उपलब्ध गराइनेछ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाल खेलकुद विज्ञान प्रतिष्ठानले आयोजना गरेको प्रतिभावान खेलाडी छनोट घोषणा कार्यक्रमको मंगलवार उद्घाटन गरेका हुन् ।