एलपीएल : हिमालयन ह्याइट हाउसको दोस्रो जित, बाल बाटिकाको सुखद सुरुवात
2021/03/03, 6:01
 
bat

धनगढी : धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तरगत आज भएका खेलमा कैलालीको बाल बाटिका र काठमाडौँको हिमालयन ह्वाइट हाउस विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा बाल बाटिकाले बुटवलको न्यू एकेडेमीलाई ६ विकेटले पराजित गर्दै सुखद सुरुवात ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको न्यू एकेडेमीले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोडेको थियो । न्यू एकेडेमीका लागि लोकेश जोशीले अर्धशतकीय इनिङ्स खेले ।

उनले ५१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको जितका लागि पर्याप्त हुन सकेन । न्यू एकेडेमीका लागि समिर विष्टले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन छुन सकेनन् । बलिङतर्फ बाल बाटिका लागि कमल कुँवरले तीन विकेट लिए । त्यस्तै हिमाल मल्ल, विशाल बिक्रम केसी र हेमन्त बुढाले समान दुई÷दुई विकेट लिए ।

कमल ओलीले एक विकेट लिए । न्यू एकेडेमीले दिएको १ सय १२ रनमो लक्ष्य पछ्याएको बाल बाटिकाले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । बाल बाटिकाको जितमा कमल ओलीले अविजित ३९, अभिषेक साउदले ३३ र विराट सिंह भण्डारीले ३० रनको योगदान दिए । बलिङतर्फ न्यू एकेडेमीका लागि सुमित पराजुली र सुबेस रावलले एक÷एक विकेट लिए । खेलका म्यान अफ द म्याच बाल बाटिकाका कमल ओली भए । 

आजै भएको दोस्रो खेलमा काठमाडौँको हिमालय ह्वाइट हाउसले धनगढीको शारदा विद्या निकेतनलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको छ । टस जितेर ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । उस्का लागि दीपक बोहराले ९३ र सुदिप बस्नेतले २३ रन बनाए । शारदाका अरुण धामीले २ तथा नागराज सिंह र दीपक रोकायाले १÷१ विकेट लिए ।

१ सय ९३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन मात्रै बनाउन सक्यो । शारदाका लागि दीनेश ओडले ९० र अर्जुन साउँदले २३ रन बनाए । ह्वाइट हाउसको जितमा सन्दिप जंग शाहीले ४ र रजत तिमिल्सिनाले २ विकेट लिए । खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका सन्दिप जंग शाही भए । दुई खेलमा जित हात पारेको हिमालयन ह्वाइट हाउस प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ । 

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भईरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तरगत भोलि पनि दुई खेल हुनेछन् । आयोजकका अनुसार भोलि पहिलो खेल लिटल फ्लावर र शारदा मावि तथा दोस्रो खेल धनगढी नमुना र स्टेपिङ स्टोनबीच हुनेछ । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ ।