
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त दीपक बहादुर सिंह, सदस्य अनिल श्रेष्ठ र झलक शाहले पद तथा गोपनीयताको सपथ लिएका छन् । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उनीहरुलाई सपथ खुवाएका हुन् । कैलाली जिल्ला खेलकुद बिकास समितीका पूर्व अध्यक्षसमेत रहेका सिंह प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त भएका थिए । प्रदेश मन्त्री परिषदको बैठकले सिंहलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

सपथ ग्रहण गर्दै सिंहले खेलकुदमा सुदूरपश्चिमलाई एक नम्वर प्रदेश बनाउने बताए । कैलाली अध्यक्ष हुदा सिंहले देशकै उत्कृष्ट तीन खेलकुद बिकास समिति बनाएका थिए । उनको कार्यकालमा ४२ वटा विद्यालयमा खेल मैदान, वास्केटबल कोर्ट, बहुउद्देश्यीय कभर्डहल, सवै निर्वाचन क्षेत्रमा एक खेल मैदान, टीकापुरमा सुटिंग रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान, फुलवारी र खेलकुद विकास समितीमा क्रिकेट पिच निर्माण भएको थियो ।
