राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीले खेलाडीको स्वास्थ्य बिमा गर्ने
2020/06/08, 6:05

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कैलालीले खेलाडीको स्वास्थ्य बिमा गर्ने भएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई मध्य नजर गर्दै सुदूर पश्चिममा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको स्वास्थ्य बिमा गर्ने खेलाडी संघका अध्यक्ष प्रकाशकुमार चन्दले जानकारी दिए ।

उनले सुदूर पश्चिममा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको तथ्याङ्क निकालिरहेको बताए । खेलसँग सम्बन्धित विभिन्न संघ संस्थाहरू र कार्यालयहरू बन्द भएकाले एकिन तथ्याङ्क निकाल्न नसकिएको उनको भनाइछ ।
खेलाडी संघसँग हाल आर्थिक अवस्था कमजोर भएकाले खेलाडीको संख्या हेरेर बिमाका लागि आर्थिक सहयोग गर्न सकिने उनले बताए

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/03/25, 1:28
2023/04/23, 2:01
2020/07/07, 2:44
2020/11/20, 6:46