धनगढीको नवजीवन अस्पतालमा नाक कान घाँटी विशेषज्ञ सेवा सुरु भएको छ । सुदुरपश्चिम प्रदेशको पहिलो निजि अस्पताल नवजीवनले बिशेषज्ञ सेवा अन्तर्गतको नाक कान घाँटी सेवा थप गरेको हो ।
अस्पतालमा नाक, कान, घाँटीको सम्पुर्ण चेकजाँच उपचार निदान एवम् सम्पुर्ण शल्यक्रिया सुविधा संचालन गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणि ढकालले जानकारी दिए ।
नवजीवन अस्पतालमा स्वास्थ्य बिमा सेवा समेत दैनिक रूपमा सुचारु भएको छ । यसअघि कोरोना महामारीको रुपमा रोकिएको यो सेवा पनि सुरु गरिएको हो ।
अस्पतालका मेडिकल डाइरेक्टर ढकालले भने–‘हामीले गुणस्तरिय, प्रभावकारी र सस्तोमा सेवा उपलब्ध गराउँदै आएका छौं ।’ उनले अस्पताल पैसाभन्दा पनि सेवामुलक कार्यक्रम अग्रसर भइरहेको बताए ।
डेढ दशकदेखि नीजि क्षेत्रको लगानीमा सञ्चालनमा रहेको अस्पतालले समयको आवश्यकता अनुसार सेवाहरु पनि थप गर्दै लगेको छ । मेडिकल डाइरेक्टर ढकालका अनुसार ५० शैयाको सो अस्पतालबाट निःशुल्क प्रसुती सेवा, नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम, निःशुल्क खोप सेवा, निशुल्क क्षयरोगको औषधी वितरण तथा परामर्श प्रदान गर्दै आएको छ ।
हाल अस्पतालमा विभिन्न विशेषज्ञ सेवाहरुमा नाक कान घाँटी सहित हाडजोर्नी, वालरोग, प्रसुती तथा स्त्री रोग, फिजिसियन, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, एनेस्थेसिया, रेडियोलोजी, फिजियोथेरापी लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिईरहेको छ । आईसियु एनआईसियु सेवाका साथै मुटुरोग विशेषज्ञ सेवा पनि अस्पतालमा रहेको छ ।
नवजीवन अस्पतालका सेवाहरु
- विशेषज्ञ ओपीडी सेवा
- हाडजोर्नी तथा नशारोग
- बालरोग
- साइकाइट्रिक तथा नशारोग गृह
- पेट छाती तथा मुटु रोग
- जनरल तथा ल्याप्रोस्पकोपिक सर्जरी
- रेडियोलोजी
- यूरो सर्जरी
- साइकाइट्रिक -
एन्डोक्राइनो एन्ड मेटाबोलिस्म
- नाक कान तथा घाँटी
- छाला कपाल तथा यौन रोग
- आई.सी.यू सेवा / सधन उपचार केन्द्र
-बालबिषेशज्ञ सहितको नवजात शिशु सघन उपचार
- दुर्बिन मेसिन द्वारा पित्त थैली तथा मृगौलाको बिना चिरफार शल्यकृया
-भर्ना भएका बिरामीहरुलाई क्याबिनको सुबिधा
- औषधी सुबिधा
- नि: शुल्क सुत्केरी सेवा सामान्य तथा शल्यकृया विधिद्वारा
- स्वास्थ्य बिमा कार्यक्रम
- श्रम मन्त्रलायमा सूचिकृत वैदेशिक रोजगारीहरुमा जानेहरुको स्वास्थ्य परीक्षण तथा परामर्श
- नि: शुल्क क्षयरोग औषधी
- नि: शुल्क खोप सुबिधा
- अत्याधुनिक प्रयोगशाला
- भिडियो एक्सरे तथा मुटुको जांच
- २४ सै घण्टा एम्बुलेन्स सुबिधा
- आक्स्मिक सेवा २४ सै घन्टा
-चमेना गृह