
डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सात्फरीमा रहेको स्वास्थ्य चौकीलाई पालिकाकै पहिलो पोषणमैत्री संस्था घोषणा गरिएको छ। उक्त वडालाई गाउँपालिकाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्थाका रूपमा घोषणाा गरिएको स्वास्थ्य चौकी इन्चार्ज धर्मबहादुर बमले जानकारी दिए।

उनका अनुसार स्वास्थ्य चौकीले वडाभरिमा रहेका दुई वर्षमुनिका बालबालिकामा कुपोषण नदेखिएको, गर्भवती महिलालाई २२५ आइरन चक्की खुवाइएको, स्वास्थ्य संस्थामा स्तनपान कक्षको स्थापना रहेको, स्वास्थ्य संस्थामा पोषण कर्नर लगायतका मापदण्ड पूरा गरेकाले पोषणमैत्री संस्था घोषणा गरिएको हो।
गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले एक कार्यक्रमबीच पोषणमैत्री घोषणा गरेका हुन्। पछिल्लो समय उक्त पालिकामा भइरहेको स्वास्थ्य क्षेत्रको विकासले नागरिकमा निकै सहयोग पुगेको बताइएको छ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/04, 10:09
2021/02/22, 11:49
2021/09/22, 2:11
2022/08/13, 5:39
2023/12/18, 12:54