साउनमा भुईफूलले ढाकिएको खप्तड (फोटो फिचर)
2021/07/28, 9:02
 
aa

खप्तड छ पनि गजवको । महिना जुन सुकै होस, खप्तडको सुन्दरता सधै उस्तै हुन्छ । कवि मवीवी शाहले रारालाई लिएर लेखेको कविता, राराकी अप्सरा जस्तै । सुन्दर अनि मनमोहक ।

No description available.

यतिबेला भने खप्तड बिछट्टै सुन्दर छ । हरिया पाटन । पाटनको चारैतिर सुरक्षा कवच जस्ता कोणधारी बृक्ष । तिनै पाटन ढाक्ने गरी फुलेका रंगीचंगी भुईफुलहरु । भुईफूल गलैचा झै फैलिएका छन् । खप्तड यतिबेला साच्चिकै गजव छ । हेरी रहु लाग्ने भुईफूलहरु, जहाँ लडीबुडी खेल्न मन लाग्छ ।

No description available.

जति हेरेपनि धीत नमर्ने पाटनको सुरन्दरता । कोणधारी बृक्ष हुदै आकाशमा फैलिएको बादलको गुजुल्टो । निलो आकाश र हरिया पाटनका खप्तडका बीचमा फैलिएका बादलका गुजुल्टा । कम्ति रमणीय छैन, यतिबेला खप्तडको दृष्य । त्रिवेणीलाई दाया पारेर अझ आफ्नै गतिमा बग्ने त्यो नदीको कलकल आवाज ।

No description available.

घोडाहरु चरिरहेको दृष्य कम्ति मनमोहक छैन । खप्तड पुग्दा हुने थकान र कष्ट त्यहाँ पुगेपछि जो सुकै बिर्सिन्छ । खप्तडको भ्रमणमा रहेकी बाजुराको बुढीनन्दी नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीले खप्तडलाई भू स्वर्गको संज्ञा दिदै तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । भूस्वर्ग खप्तड यतिबेला पर्यटकको पर्खाईमा छ ।

No description available.

No description available.

No description available.

 ठूला ढुङ्गामा नाग ढुङ्गा, हरिन चरिजेठी बहुरानी, छिन्टे ढुङ्गा, रयाइ घट्ट छ्याई पानी, भिम लौणी लगायतका आकृति रहेका छन्।

त्यहाँ सहस्र लिङ्ग, त्रिवेणी, खप्तड बाबा आश्रम, खापर दह, त्रिवेणी, माईकाथान जस्ता शक्तिपीठहरु रहेका छन्।

तस्वीर सौजन्य : सृष्टि रेग्मी (उपप्रमुख, बुढीनन्दी नगरपालिका, बाजुरा)