डडेल्धुरामा आयुर्वेद उपचार सेवा लिने बढे
2021/08/05, 6:24
 
aa

डडेल्धुरामा पछिल्लो समय आर्युेवेद उपचारप्रति सेवा ग्राहीहरूको आकर्षण बढ्न थालेको छ। जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्रलाई व्यवस्थित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाएपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको हो। 

आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार ५६, र २०७६/०७७ मा ७ हजार ३ सय ८५  जनाले सेवा लिएका छन्। आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमतामा पनि बढाउने भएकाले कोरोना भाइरसको संक्रमण फैलिरहेका समयमा बिरामीहरु आयुर्वेद उपचारप्रति आकर्षित भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुराका निमित्त प्रमुख  खेमराज पनेरुले बताए।

पहिले दैनिक ५ देखि १० जनासम्म मात्रै बिरामी आउने केन्द्रमा आजभोलि दिनमा ३५  देखि ४० जनासम्म आउने गरेको उनले बताए। बिरामी नभएकाहरुले पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न विभिन्न किसिमका औषधि केन्द्रबाट लग्ने गरेका छन्।