कैलाली अस्पतालले गर्‍यो ९१ वर्षीया वृद्धाको हिपजोर्नी प्रत्यारोपण
2021/08/09, 1:24
 
aa

कैलाली अस्पतालले ९१ वर्षीया वृद्धाको हिपजोर्नी प्रत्यारोपणको सफल शल्यक्रिया गरेको जनाएको छ।  ३ महिना अघि सिडिबाट लडेर घाइते भएकी बैतडीको पाटन नगरपालिका ४ की ९१ वर्षीया परु महराको सफल शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ ।

आफै हिँडड्ल गर्न नसक्ने अवस्थामा पुगेकी बोहरालाई कैलाली अस्पतालका चिकित्सकको सल्लाहपछि शल्यक्रियाका लागि धनगढी ल्याइएको थियो। महराको ५ दिन अगाडि शल्यक्रिया गरिएको अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर ज्ञानेन्द्र जोशीले बताए । उनले अब बिस्तारै आफै हिडडुल गर्न र आफ्नो दैनिकी आफैले गर्न सक्ने बताए ।   

तीन महिनासम्म अरुको सहारामा बसेकी महरा हिपजोर्नी प्रत्यारोपण भएपछि हिड्न सक्ने अवस्थामा पुगेकि छिन । कैलाली अस्पतालले ९१ वर्षीया वृद्धाको हिपजोर्नी प्रत्यारोपणको शल्यक्रिया पहिलोपटक गरेको अस्पतालका अध्यक्ष जनकराज जोशीले बताए ।

उनले जटिल प्रकृतिको हिपजोर्नीको शल्यक्रिया समेत अस्पतालले गर्न सक्ने बताए ।कम खर्चमा प्रदेशमै उपचार हुन थालेपछि अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यताको अन्त्य हुने बिश्वास लिइएको छ ।