मन्त्री परिषद्को निर्णय विपरित सामुदायिक वन, अझै रोकिएन रुख कटान (भिडियो सहित) 
2020/06/11, 8:51
 
rukha

मन्त्री परिषद्को निर्णयले तत्काललाई रुख कटान, संकलन, ढुवानी तथा ओसारपसार कार्य तत्काल रोक्ने र कटान भएका गोलिया तथा काठलाई जहाँ जस्तो अवस्थामा छ, त्यहीँ अवस्थामा राख्न निर्देशन दिएको छ । तर, मन्त्री परिषद्को निर्णयलाई लत्याउँदै गौरीगंगा नगरपालिका–१, गोप्का स्थित पशुपति सामुदायिक वनले अहिलेसम्म वैज्ञानिक वनका नाममा लुकीछिपी रुखहरू कटान गर्न थालेको छ ।  

b

2

2

बुधबार दिउँसो मात्रै पशुपति सामुदायिक वनमा ११ वटा रुख कटान गरिएको बताउँदै स्थानीय उपभोक्ता जुद्ध साउँदले भने, ‘बुधबारका दिन दिउँसो उपभोक्ताहरुलाई लिएर जंगल जाँदा ७ वटा सालका रुख र ४ वटा हल्दु र जामुनका रुखहरु काटिएको अवस्थामा भेटिए ।’ लगत्तै सव डिभिजन कार्यालयमा रुख कटानी रोकिदिन भन्दै आग्रह गर्दा समेत सव डिभिजन प्रमुख शेरबहादुर भण्डारीले मतलव नगरेको बताउँदै उनले भने,‘त्यसपछि बिहीबार बिहान राजनीतिक दलका प्रतिनिधि, स्थानीय उपभोक्ता र सव डिभिजन कार्यालयका प्रमुख भण्डारी सहितको टोलीले अनुगमन गर्दा गल्ती भएको रिपोर्ट निकालेको हो ।’  

b

1

काटिएका रुख मध्ये ७ वटा सालका रुख र ४ वटा रुखहरु भने अन्य जातका फेला पारेको बताउँदै सव डिभिजन कार्यालय चौमालाका प्रमुख भण्डारीले भने,‘वनको अनुगमन गर्न राजनीतिक दलका प्रतिनिधि सहित सामुदायिक वनका पदाधिकारी र स्थानीय उपभोक्ता गएका थियौँ, गल्ती भएकै छ ।’ हिजो मात्रै सालका रुख काटिएको देखिएपछि सामुदायिक वनलाई कारबाहीका लागि मुद्दा अगाडि बढाएको उनले बताए । ‘रुख कटान भएको छ, कारबाहीका लागि मुद्दा प्रक्रिया अगाडि बढाएको छु ।’ सामुदायिक वनका अध्यक्ष गोविन्द रावलले यस विषयमा बोल्न मानेनन् । ‘म अहिले मिटिङमा छु, कुरा गर्न सक्दैन,’ अध्यक्ष रावलले भने ।

b

b

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले १८ गतेका दिन आफू मातहतका सबै सव डिभिजन कार्यालयलाई सम्बन्धित सामुदायिक वनलाई काठ कटानी, ढुवानी रोक्न पत्राचार गरिसकेको बताए । ‘हामीले सबैलाई पत्राचार गरिसकेका छौँ,’ उनले भने,‘यदि अझै काठ कटानी रोकिएन भने वन ऐन अनुसार मुद्दा चलाउन भनेको छु ।’  पशुपति सामुदायिक वनका  विषयमा बुझेर कुरा गर्ने बताउँदै उनले भने,‘यदि गल्ती भएकै हो भने वन ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछु ।’

2